· ArtistNepal Network
· ArtistNepal News
· Music news
राष्ट्रकवि माधव घिमिरेसँगै ३६५ कलाकारहरुले सामूहिक गाएको वातावरण सम्बन्धी गीत ‘मिलानकोली’ गिनीज बुक रेकर्डका लागि दर्ता भएपछी उक्त अभियानमा साथ दिने कलाकार, प्राबिधिक, सल्लाहकारलाई विश्व किर्मिमानको प्रमाणपत्र प्रदान गरिएको छ । निपेश ढाकाको शब्द र संगीत रहेको “जोगाऔं माटो, जल, जमिन, जङ्गल बोलको ३३ मिनेट ४९ सेकेण्डको गीतले केही समय अगाडि विश्व किर्तिमानको प्रमाणपत्र प्राप्त गर्न सफल भएको थियो । ‘मिलानकोली अभियान’ नाम दिएको उक्त अभियानमा कलाकार बाहेक अन्य १५० भन्दा धेरै सहयोगी थिए ।
उक्त गीतले गिनीज बुकको प्रमाणपत्र बितरण कार्य किर्तिपुरस्थित क्रिकेट मैदानमा आयोजना भएको थियो । दिगो वातावरण तथा प्रारिस्थितिकिय प्रणाली व्यवस्था नेपालद्वारा आयोजित उक्त कार्यक्रममा सहभागी भएर विश्व किर्तिमान राख्न सफलहरुलाई पर्यटनमन्त्री रविन्द्र अधिकारीले प्रमाणपत्र हस्तान्तरण गरेका थिए।
‘मिलानकोली अभियान’ सम्बन्धी गीत तथा वृत्तचित्रसमेत निर्माण गरिएको ‘मिलानकोली अभियान’ का अभियन्ता निपेश ढाकाले जानकारी दिए । रेडियो नेपालको स्टुडियोमा गीतको रेकर्ड गरेको थियो भने आर्टिस्ट नेपालले उपस्थित ३६५ कलाकारको उक्त दिन फोटोसुट गरेको थियो । ३६५ कलाकारको एकै दिन फोटोसुट हुनु आँफैमा गर्वान्बित रहेको आर्टिस्ट नेपालका निर्देशक नव ढुङेलले बताए।