· ArtistNepal Network
· ArtistNepal News
· Music news
एक समयका निकै चर्चित गीत ‘साह्रै मीठो रैछ कुवाको पानी', ‘परेलीमै छौ कि कसो', ‘च्याङ्बा ओइ च्याङ्बा', ‘देशै रमाइलो', ‘चोरेर लग्यो', ‘कपालै कोरी, चिटिक्कै परी'जस्ता हित गीतका गायिका मौसमी गुरुङको नयाँ गीतको भिडियो आकाशको तारा सार्वजनिक भएको छ ।
भिडियोमा अनु शाह तथा पुष्प खड्कालाई देख्न सकिन्छ । सुरेश थापाको शब्द तथा बुद्द एन श्रेष्ठको संगीतमा तयार भएको गीतलाई छायाँकार अमृत सुनुवारले निर्देशन गरेका हुन । भिडियोलाई आर्टिस्ट नेपाल प्रोडक्सनमा माधव बेल्बासेले सम्पादन गरेका हुन ।
Tags:
Amrit Sunuwar
Mausami Gurung