· ArtistNepal Network
· ArtistNepal Academy
विविध सभा, समारोह वा सांस्कृतिक कार्यक्रम प्रथमतः बोल्ने वा कार्यक्रमको बारेमा क्रमबद्धरुपमा दर्शक वा श्रोतालाई जानकारी गराउने व्यक्तिलाई उद्घोषक भनिन्छ। उद्घोषक पाँच अक्षर मिलेर बनेको छ। जसमा-
‘उ’ भनेको उत्कृष्ट आवाज भएको
‘द’ भनेको केही दक्षता हासिल गरेको,
‘घो’ बाट घोषणा गर्ने व्यक्ति
‘ष’ बाट सटिक जवाफ दिने व्यक्ति र
‘क’ भनेको कर्णप्रिय आवाजको धनी या काल्पनिक शक्ति भएको भन्ने बुझिन्छ। सफल उद्घोषक बन्ने इच्छा राखेरमात्र हुँदैन, जसका लागि उचित र सही शिक्षाको आवश्यकता छ।
सर्वप्रथम त एक कुशल उद्घोषक बन्नका लागि छ 'क' को ज्ञान हुनु नितान्त आवश्यक छ।
आउनुहोस् चर्चा गरौं छ ‘क’ भनेको के हो भन्ने सम्बन्धमा
नेपालीमा छ ‘क’ भन्नाले
- कार्यक्रमको के हो ?
- कार्यक्रम कहाँ हुँदैछ ?
- कार्यक्रम कहिले हुँदैछ ?
- कार्यक्रम किन हुँदैछ ?
- कार्यक्रमको आयोजक तथा प्रायोजक को हो ?
- कार्यक्रम कसरी हुँदैछ ?