· ArtistNepal Network · ArtistNepal News

पछिल्लो समय विश्वबिख्यात डिजेको सुचीमा अगाडि आई रहेका मार्समेलोको दरबारमार्ग स्थित 'क्लब डेजाभु' मा ७ बजेदेखी हुने भनिएको लाईभ प्रस्तुतीमा उनी उपस्थिती नभएपछी उपस्थित दर्शकले तोडफोड गरेका छन । उनका लागि महँगो टिकट काटेका दर्शकहरु बुधबार राति आक्रोशित भए र तोडफोडमा उत्रिए। दर्शकले बार, टेबल मेच, अत्याधुनिक स्किपर, अत्याधुनिक लाईट, लिड मनिटर लगायत फुटाएका थिए । टोडफोडको तथा क्षतिको क्लब ब्यबस्थापनले आधिकारिक धारणा बाहिर भने ल्याएको छैन ।

को हुन् मार्समेलो ?

मार्च ३, २०१५ मा आफ्नो पहिलो गीत "व्वेज" लाई साउण्ड क्लाउड आर्फत सार्वजनिक गरेर हिट भएका उनी अमेरिकि डिजे हुन । डिसेम्बर १३ मा नेपाल , १५ मा ईन्डोनेसिया र १६ मा हङकङको प्रस्तुती समेत सार्वजनिक गरेका उनी ब्यस्त डिजेको सुचीमा पर्दछन ।डिजेइङ गर्दा पनि मार्समेलोको टाउकोमा हेल्मेट नै हुन्छ। उनको वास्तविक नाम के हो, न उनले भनेका छन्, न अरुले छुट्याउन सकेका छन्। दुई वर्षको छोटो समयमा यी अमेरिकीले ठूलो फड्को मारेका छन्। विश्वभर उनका करोडौं फ्यान रहेको बताइन्छ।

राजधानीको चर्चित नाइट क्लब ‘डेजाभु’मा बुधबार मध्यरात उनी नआएपछि आक्रोशित दर्शकले तोडफोड गरेका हुन्। तोडफोडबारे थाहा पाएपछि नेपालको यस्तै बिहान ३ बजे को समयमा  मार्समेलोले ट्विटरमा लेखेका छन्ः

"नेपाल। हिजो राति काठमाडौँको डेजाभुमा आफ्नो प्रस्तुति दिन नसकेकामा क्षमा चाहन्छु। मलाई धेरै ज्वरो आएको थियो। म आउन चाहँदा डाक्टरले दिएनन्। स्वास्थ्य पहिला आउँछ। म तपाईँहरुलाई माया गर्छु। बुझिदिनुभएको धन्यवाद। फेरि आउनेछु।"

club deja vu

Tags: marshmello marshmello LIVE in Nepal Club Deja Vu