· ArtistNepal Network · artists · Model & Dancers
काठमाण्डौ, मोडलिङमा युबापुस्ताको क्रेज दिनप्रती दिन बढ्नेक्रममा छ । कोही यसैमा भबिष्य बनाउने सोच लिएर आएका छन् त कोही रहर र लहडले । पोखराका स्थाईबासी मदन घर्ती भने मोडलिङमा निकै ठुलो सोच र सपना लिएर मोडलिङ्गमा प्रबेश गरेकाछन् । पहिलो म्युजिक भिडियोको रुपमा दिनमै नशा.. बोलको गीतमा अभिनय गरेसँगै मोडलिङ यात्रा आरम्भ गरेका उनी चलचित्र र भिडियोहरुमा नै बढी केन्द्रित गर्न चाहेको बताउछन् । स्कुले जीवनबाट नै कलाकार बन्ने अठोट लिएका मदन पोखराबाट काठमाण्डौ आफ्नो सपनालाई सफल बनाउन आएको स्विकार्छन । मोडलिङ्गकै दौरानमा एक युट्युब च्यानलले उनलाई नायक सलिनमान बानियासँग अनुहार मिल्ने भनेर अन्तर्वाता लिएपछि चर्चा पाएका उनी अरुको नामबाट नभई आफ्नो छुट्टै पहिचान बनाउने कुरामा संघर्ष गरेको बताए । पढाई र करियरलाई एकैसाथ अगाडि बढाइरहेका मोडल मदन घर्तीलाई यो क्षेत्रमा अगाडि बढ्न परिवार र बिशेषगरी आमाको ठुलो साथ रहेको बताए । ५ फिट ६ ईन्च अग्ला मदन अभिनय संगै नृत्यमा पनि अब्बल छन । हुनत यो क्षेत्रमा जति धेरै चुनौतीहरु छन् त्यति नै अवसरहरु पनि छ । प्रविधिको बढ्दो विकास र प्रतिस्पर्धा पनि त्यतिनै छ । तरपनि मिहेनत, आत्मबल, लगनशिलताले पक्कै अगाडी बढ्न सकिनेकुरामा उनी विश्वाश राख्दछन । यसैमा उनी थप्छन - " ब्यक्तित्व आचारण पनि राम्रो चाहिल्छ , सपना पुरागर्न यो सबै कुरालाई नजिकबाट नियालेको छु। आशा छ, मलाई सबैले साथ र माया दिनुहुनेछ" । मोडल - मदन घर्ती स्टुडियो - आर्टिस्ट नेपाल स्टुडियोस एन्ड प्रोडक्सन फोटोग्राफर - कुबेर तामाङ्ग मेकअप - सरिता थापा मगर