· ArtistNepal Network · ArtistNepal News

'भ्यालेन्टाइन डे' अर्थात प्रेम दिवसको पूर्व सन्ध्या आर्थात बिहिबारदेखि काठमाडौंमा एउटा बियोगान्त प्रेम कथाले भरिपूर्ण नाटक मञ्चन हुने भएको छ । ‘म रोज’ शीर्षकको उक्त नाटक बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुन लागेको हो ।

अमेजन इन्टरटेन्मेन्टले प्रस्तुत गर्न लागेको नाटक ‘म रोज’मा कमल खतिवडाको लेखन तथा निर्देशन रहेको छ । नाटकमा मोडल तथा अभिनेता दिक्पाल कार्की, मोडल तथा कोरियोग्राफर हिमानी सुब्बा, मन्जु श्रेष्ठ, केशव सापकोटा, गौरा राई, पवित्रा खड्का, खेमानन्द जैसी, ज्ञानिता नेम्वाङ, अभिषेक बोहोरा, करुणा श्रेष्ठ, विष्णु खड्का आदि कलाकारले अभिनय गर्नेछन् ।

नाटकमा अभिनय गर्नका लागि यी कलाकारहरु पछिल्लो दुई साताभन्दा लामो समयदेखि कार्यशालामा व्यस्त भएका थिए ।

बियोगन्त प्रेम कथामा आधारित उक्त नाटक भोलि बिहिबार, पर्सि शुक्रवार तथा शनिवार साँझ ४ बजेदेखि मञ्चन हुने निर्देशक कमल खतिवडाले बताएका छन् ।

Tags: Himani Subba Amazon entertainment Kamal Khatiwoda Amazone Entertainment Dikpal Karki