· ArtistNepal Network
· Nepali Songs Lyrics
· Nepali Old Songs Lyrics
चिनारी हाम्रो
चिनारी हाम्रो, धेरै पुरानो रहेझै लाग्दछ।
नदेखे पनि भेट सधै-सधै, भएझै लाग्दछ।
चिनारी हाम्रो, धेरै पुरानो रहेझै लाग्दछ।
शीतल दिन्छौ, पवन भएर, मिर्मिरे याममा।...२
मायालु न्यानो स्पर्ष दिन्छौ, किरणको रूपमा।
झनझनै बस्छ, संगीत तिम्रो, हरेक तन्तुमा।
आशाको दियो आफै नै बल्छ, अँध्यारो कुनामा।
चिनारी हाम्रो, धेरै पुरानो रहेझै लाग्दछ।
हजार खोजे, त्यो रुप हेर्न, पाउदै पाईन।...२
मायाले छुने, हाथ छाम्न खोजे, समाउनै सकिन।
भनिदेउ आज, को हौ तिमी, मैले त जानिन।
विरंगी रुप, फेरेर आउने, तिमीलाई चिनिन।
चिनारी हाम्रो, धेरै पुरानो रहेझै लाग्दछ।