· ArtistNepal Network · Nepali Songs Lyrics · Nepali Old Songs Lyrics
अल्झेछ क्यारे पछ्यौरी अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा बल्झेछ क्यारे सिमलको काँडा कलिलो खुट्टामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा आउँथ्यो कि चेली भनेर आमा दोबाटो धाई की तीजमा पनि बिर्सिछ क्यारे गरिब माईती सल्ला झैं आमा... सुसाई रहिन् एक्लै कोठामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा छोरीलाई आषिस थाप्न पाईन अन्तिम कालैमा भन्थेनी बाबाले आँशु झारी टिकाको थालीमा त्यहि आँशु टिका... पठाईदिऊँ कि सालको पातमा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा भन्थेनी दाईले भाईटिकामा बहिनी फर्केला क्षितिजमा जस्तै निधारमा हाम्रो इन्द्रेणी लर्केला दिनभरी काग... कराई रह्यो बेलको ठुटामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा बल्झेछ क्यारे सिमलको काँडा कलिलो खुट्टामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा