· ArtistNepal Network · ArtistNepal News · Music news
आर्टिस्ट नेपाल । भारतीय चर्चित सुफी गायक जावेद अलिको नेपाली गित गाउने ईच्छा पुरा भएको छ । उनको यो इच्छा संगीतकार हरि लम्सालले पुरा गरीदिएका छन् । सुख मिलोस तिमीलाई सधै, मलाई जे सुकै भए पनि.... बोल को गित गीतकार निर्मला गिरीले उदित नारायण झाको लागि तयार परेकी थिइन् , तर जावेद अलीको स्वरमा सुट भएकोले उनलाई गाउँन लगाईएको हो । यस गितको म्युजिक भिडियो पनि तयार हुँदै छ भने यस गितमा जीवन लुइँटेल र रिमा बिश्वकर्माले अभिनय गरेका छन् । भिडियोलाई समन अधिकारीको निर्देशन गरेका हुन् भने बिदुर पाण्डेको छायांकनमा साथ् दिएका छन् । जावेद अली चर्चित इन्डियन प्लेब्याक सिंगर हुन् । जावेदले सन् २००० देखि गित गाउँन थालेका हुन् । उनको पहिलो चर्चित गित एक दिन तेरी राहोमे हो भने ए आर रहमान संग धेरै कन्सर्टमा आफुलाई प्रस्तुत गरिसकेका छन् ।
Tags: Bollywood Artists Javed Ali