· ArtistNepal Network
· ArtistNepal News
· Music news
नेपाली कलाकारितामा भिन्न रुपबाट प्रस्तुत हुँदै आएका संगीतकार, गायक तथा कवि आभासले भिन्न स्वादको साङितिक कोशेली 'ल्याम्प पोस्ट' लिएर आउने भएका छन् । बैशाख २२ गते नेपा~लय स्थित आरशाला स्टुडियोमा रिलिज गरिन लागिएको उक्त एल्बमको रिलिज पछि उनले केहि आफ्ना सुमधुर गितपनि पस्कने कार्यक्रम रहेको नेपा~लयले जानकारी गराएको छ।
सामाजिक चेतनाका निम्ति क्रियाशील प्रतिनिधि संगीत-समूह, 'संकल्प' र 'आस्था'मा रहेर कलाकारिताको प्रारम्भ गरेका आभासले त्यहाँ रहँदा 'राल्फा' कालका प्रतिष्ठित कलाकार रामेश, मञ्जुल, अरीम लगायत धेरै नयाँ पुस्ता सङ दशकौँका अनेकौं कलाकारसित दशकौँ बिताएका आभास 'पलेँटी शृंखला' का सँचालक समितिमा आबद्द छन् ।
लामो सांगीतिक यात्रा तय गरेका आभासले नेपाल र युरोपमा आफ्ना एकल प्रस्तुतिद्वारा कला-पारखीहरुको मन जितेका छन् ।
Tags:
Aavash
Nepa~Laya