· ArtistNepal Network · ArtistNepal News · Music news
नेपाल आइडल सिजन–वानका टाइटल विजेता बुद्ध लामाको नयाँ गीत सार्वजनिक भएको छ। नेपाल आईडल आयोजकले विजेतको पुरस्कार स्वरुप कबुल गरेको ३ ओटा म्युजिक भिडियो मध्ये १ बर्षपछि सार्बजनिक भएको यो पहिलो भिडियो हो। उनको २ भिडियो भने निर्माण हुने बाकि छ। नेपाल आइडलको सिजन टुको मञ्चबाट वल्र्ड प्रिमियर गरिएको उनको यस ‘सानी...’ बोलको भिडियो आइडलकै युट्युबबाट अपलोड गरिएको छ। गीतमा शब्द तथा संगीत आशुसेन लामाको छ। फडिन्द्र राईले एरेन्ज गरेको गीतमा मोडलिङ विनिताले गरेकी छन्। विनितासँग बुद्ध आँफैले कम्मर मर्काएका छन्। अमृत सुनुवारको डिरेक्सन अफ फोटोग्राफीमा आभेष बज्राचार्यले छायांकन गरेका छन् भने माधब बेलबासे ले सम्पादन गरेका छन्। भिडियोलाइ मोहनराज अधिकारीले निर्देशन गरेकाछन्।
Tags: Buddha Lama Nepal Idol