· ArtistNepal Network · ArtistNepal News · Music news
फिल्मी क्षेत्रमा योगदान दिएका राना पुराना र अनुभवी निर्देशक मानिन्छन । राँको, सिमारेखा, कान्छी, ,बन्धिकी ,करोडपति आदि जस्ता नेपाली फिल्ममा सफल निर्देशन गरिएसकेका रानाले नेपाली फिल्म क्षेत्रमा आउनुअघि बलिउडमा लामो समय काम गरेका थिए । फिल्म परिवर्तनको सुटिङको क्रममा रानाको स्वस्थ्यमा समस्या देखिएपछि परीक्षणको क्रममा दुबै मृगौलामा खराबी देखिएको छ । निर्देशक रानाको मृगौला प्रत्यारोपणको लागि रकम जुटाउने अभियानकै क्रममा सुमधुर साँझ कार्यक्रम आयोजना गरिएको हो । थुपै्र सफल चलचित्रका निर्देशक किसोर राना अहिले अस्पताल छन् । दुवै मृगौलामा खराबी देखिएपछि ‘मानव अङ्ग प्रत्यारोपण अस्पताल, भक्तपुर’मा उपचारत निर्देशक रानालाई आर्थिक सहयोग पुर्याउने उदेश्यले केही कलाकारहरु मिलेर एक साँगितिक कार्यक्रमको आयोजना गरेका छन । आषाढ १८ गते आर्मी अफिसर्स क्लबमा आयोजित सुमधुर साँगितिक साँझमा दीप श्रेष्ठ, कुन्ति मोक्तान, बिमला राई, मिथिला शर्मा, विश्व नेपाली, सुनिता प्रधान, उदेश श्रेष्ठ, बानिका प्रधान, सबिना कार्की, सपन श्रेष्ठ, अर्पना श्रेष्ठ, सिमा शाह लगायतको प्रस्तुति रहेको थियो । उहाँहरुले नेपाली चलचित्रका सफल निर्देशक किशोर रानाको सिघ्र स्वास्थ्य लाभको कामना सहित आ-आफ्ना उत्कृष्ट गीतहरु प्रस्तुत गरेका थिए । टिका भण्डारी र मन्दिरा ढुंगेलले कार्यक्रमको संचालन गरेका थिए भने वाध्यबादनतर्फ कुमार महाराज, सचिन सिंह, अनुप दास, अमुल कार्की ढली , गोपाल रसाईली ,गोपाल देव, स्पेश सिंह, भुवन गन्धर्बले सहयोग गरेका थिए । कार्यक्रममा बिभिन्न ब्यक्ती तथा क्षेत्रबाट आर्थिक सहयोग पनि प्राप्त भएको थियो । अमाजोन ईन्टरटेन्मेन्टको आयोजनामा आयोजित मिसेस मंगोल २०१८ मा बिजेताहरुको पहलमा संकलित ३०,००० नगद उक्त कार्यक्रममा हस्तान्तरण गरिएको थियो भने अन्य केही सहयोग पनि प्राप्त भएको थियो । A ArtistNepal - Banika Pradhan - Sunita Subba ArtistNepal - Himani Subba- Tika Bhandari ArtistNepal - Himani Subba ArtistNepal - Kunti Moktan ArtistNepal - Sapan Shrestha ArtistNepal - Sunita Subba - Banika Pradhan ArtistNepal- Mithila Sharma ArtistNepal-Amul karki Dhali Sindhu Rana- Prajwal JBR - Himani Subba Udesh Shrestha ArtistNepal - LIve