· ArtistNepal Network · ArtistNepal News · Music news
बिगत लामो समय देखि गीत संगीत क्षेत्रमा आवद्ध रहेर सफल गायकको सुचीमा रहन सफल गायक कमल के क्षेत्रीले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन। डबल माया बोलको भिडियो सार्वजनिक गरेका उनले छोटो समयमानै दर्शक तथा श्रोताको अपार माया पाएका छन। सानै उमेर देखि गीत संगीतमा रुचि राखेका गायक कमलले अहिले सम्ममा आफ्ना शुभचिन्तकहरुलाई निकै राम्रा,मन छुने देखि लिएर नाच्न सम्म बनाउने खालको धेरै हिट गीतहरु दिईसकेका छ्न। २०५९ साल देखि साँगितिक यात्रामा प्रबेश गरेका कमलले यस् अगाडिका गीतहरु- जलाई दिए हुन्छ, नाचन, आई लब यु, तिम्रै मायाले, मेरो माया लगायत गीतमा दर्शक श्रोताले दिएको माया यस् भिडियोबाट पुन आशा गरेको बताए । यस् भिडियोमा सुनिल छेत्री र अलिशा शर्मालाई फिचर गरिएको छ। यस् गीतमा शब्द तथा संगीत बिकास पाण्डेको रहेको छ भने गीतलाई बाबु प्रधानले एरेन्ज गरेका छन । डान्सिङ फ्लेबरको यस गीतमा सुनिल छेत्रीले कोरियोग्राफी गरेका छन। भिडियोलाई अनिल के मानन्धरले सिनेमाटोग्राफीमा सिलन लम्सालले सम्पादन गरेका छन । भिडियो हेर्नुहोस्