· ArtistNepal Network · ArtistNepal News · Filmy News
यस वर्षको बहुप्रतिक्षीत फिल्म मध्येको एक 'कबड्डी कबड्डी कबड्डी 'को अफिसयल ट्रेलर सार्वजनिक भएको छ। भदौ १३ गते रिलिज हुने भनिएको यो चलचित्रले आफ्नो रिलिज मितिलाई दुई साता पछाडि सारे पछि अब भने यो चलचित्र असोजको ३ गते रिलिज हुने भएको छ । दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, पुस्कर गुरुङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको यसमा अभिनय छ । रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको फिल्मको सम्पादन निमेश श्रेष्ठले गरिरहेका छन् । मणीराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियार फिल्मका निर्माता हुन् । मौलिक विषयवस्तुलाई सशक्त ढंगले दृश्यभाषामार्फत् व्यक्त गर्न सक्ने रामबाबु गुरुङ निर्देशित यो फिल्मको ट्रेलर इन्गेजिङ र इन्टरटेनिङ छ । ट्रेलरमार्फत् फिल्मको मुल द्वन्द्व प्रस्ट्याउन खोजिएको छ । फिल्मको ट्रेलर मेकिङ कमर्शियल शैलीको छ । कलाकारको प्रस्तुती हेर्दा ट्रेलरले दर्शकमा फिल्मप्रति कौतुहलता र उत्सुकता जागृत गर्न सफल हुने देखिन्छ । उक्त फिल्मको अघिल्ला दुई सिरिजले बक्सअफिसमा जबरजस्त व्यापार गरेका थिए । यो फिल्मले स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा वाचन गरेको छ । यसको कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । शैलेन्द्र डि. कार्कीले खिचेको यो फिल्म बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो ।
Tags: Wilson Birkram Rai dayahang rai ram bahadur gurung sailendra d karki buddi tamang haiit upasana singh thakuri kabaddi bijay baral kamal mani nepal karma shakya