· ArtistNepal Network
· artists
· Music Artist
गायिका जुनु गौतमको व्यस्तता बढ्दोक्रममा छ। झापा घर भई हाल काठमाडौंमा बस्दै आएकी गायिका जुनु गौतम संगीत क्षेत्रमा सक्रिय पछिल्लो पुस्ताको प्रतिनिधि हुन्।
भारतको मणिपुरमा हुर्किएकी जुनुले संगीतको शिक्षादिक्षा भारतमै लिइन्। अहिले पनि सिलीगुढीमा बर्नाली बासुसँग संगीत सिकिरहेकी जुनु फुसर्दको समयमा नेपालमा आईरहन्छिन्। सुगम संगीतमा संघर्ष गरिरहँदा उनले साहित्यकार झमककुमारी घिमिरेको जीवनीमा आधारित बनेको फिल्म ‘जीवन काँडाकी फूल’का दुई गीतमा स्वर दिएर नेपाली संगीतमा प्रवेश गरिन।
बङ्गाली, हिन्दीपछि नेपाली गीत गाउन थालेकी उनि पछिल्लो समय कलेक्सन एल्बम, चलचित्रका गीतमा व्यस्त छिन्। ‘नेपाली संगीतमा केही गर्ने आशा र सपना बोकेर संघर्ष गरिरहेकी जुनु गायनमा स्थापित हुन परिश्रम र लगनशील आवश्यक हुनुपर्नेमा जोड दिन्छिन। पछील्लो समय धेरै जसो चलचित्र तथा कलेक्सन एल्बममा स्वर दिईसकेकी जुनुको आवाजले उनलाई नम्बर १ गायिकाको सुचीमा आउन सक्ला यो उनको आवाज सुनेर निर्णय गर्ने जिम्मा यहाहरुकै।
यहाँ गायिका जुनु गौतमको केहि फोटोहरु प्रस्तुत गरेका छौ, जुन कमलादि स्थित आर्टिस्ट नेपाल स्टुडियोसमा फोटोग्राफर कुबेर तामाङ्गले खिचेका हुन्।
तस्बिरमा हेरौ गायिका जुनु गौतम
Tags:
Junu Gautam