· ArtistNepal Network · artists · Model & Dancers
आकर्षक अनुहारकी धनि जुनु बिक धनकुटा जोरपाटीकी स्थायीबासी हुन्। नृत्य औधी मनपर्ने भएकोले धनकुटामा अध्ययन गर्दागर्दै सानै उमेर देखिनै नृत्य गर्न थालेकी हुन। गाउँघरमै हुने सांस्कृतिक कार्यक्रममा नछुटाई कुशल नृत्य गर्ने गरेकी उनले अहिले नृत्यलाईनै आफ्नो पेशा बनाएकी छिन। ५ फिट २ ईञ्च अग्ली जुनुले २१ वर्षको उमेरमै नृत्यमा धेरै फड्को मारिसकेकी छिन। आस्था काला केन्द्रबाट नृत्य प्रक्षिक्षण लिएकी उनी  कल्चर, हिपहप, क्लासिकल, मोर्डन लगायत सबै विधाको नृत्यमा अब्बल छिन। केहि बिधालयमा नृत्य क्लास पनि दिनेगरेकी जुनुले कपनमा आफैले "बासावी डान्स स्टुडियो" संचालन गरेर नृत्य सिकाउदै आएकी छिन। हाल सम्म २ दर्जन भन्दा धेरै कार्यक्रमहरुमा नृत्य प्रस्तुत गरिसकेकी जुनुले काठमाडौँ भन्दा बाहिरका शहरहरुमा पनि १ दर्जनको हाराहारीमा आफ्नो नृत्य कलाले मन्त्रमुग्ध बनाउन सफल भईसकेकी छिन। स्टेज प्रोगामहरूमा नृत्य प्रस्तुत गर्दै आएकी जुनु चलचित्र तथा म्युजिक भिडियोहरुमा अभिनय गर्न ईच्छुक रहेको बताउछिन। केहि कभर भिडियोहरुमा नृत्य प्रस्तुत गरिसकेकी जुनु भन्छिन्, ‘अभिनय र नृत्य गर्न सक्छु, अफर आउँदा जस्तो सुकै  भूमिका निर्वाह गर्न  पनि तयार छु ।’ मोडल - जुनु बिक स्टुडियो - आर्टिस्ट नेपाल स्टुडियो एण्ड प्रोडक्सन फोटोग्राफर - कुबेर तामांग मेकअप - गौरी रुम्बा श्रेष्ठ