· ArtistNepal Network · ArtistNepal News · Music news

नेपाली सुगम संगीतमा १ दसक पार गरिसकेका गायक तथा संगितकार ईश्वर मागियाले आफ्नो दशौं कोशेली स्वरुप जुनी जुनी सार्वजनिक गरेका छन । १ दसक अगाडि पहिलो एल्बम भाईब्स कृयसन मार्फत टच सार्वजनिक गरेर नेपाली संगीतमा प्रबेश गरेका ईश्वरले पहिलो एल्बम सार्वजनिक गरेको केही समय पछी गायिका रिता बराईली सँग स्पर्श सार्वजनिक गरेका थिए ।

९ बर्ष अगाडि नेपाली संगीत तथा कलाकारीतामा गुणस्तरीय कलाकार उत्पादन गर्ने र संगीत क्षेत्रको बिकास गर्ने उदेश्यले काठमाडौं म्युजिक स्कुलको संचालन समेत गरेका ईश्वरले पहिलो एल्बम टच पछी आएका अन्य एल्बमहरु स्पन्दन भाग १, स्पन्दन भाग २, प्रयास, माई ट्युन, स्पर्श, मायामा, कान्छी, लगायतका एल्बमहरु आफ्नै संस्थाबाट नै उत्पादन तथा बजार ब्यबस्थापन गरेका हुन ।

दर्शक श्रोतासँगको साईनो ताजा होस् भनेर एल्बम निकाल्ने गरेका ईश्वरका हालसम्म ४० को हाराहारीमा गीत रेकर्ड भईइसकेका छन । बर्ष भरी रेकर्ड भएका गीतहरुबाट छानेर आफ्ना केही गीतलाई हरेक बर्ष एल्बम मार्फत सार्वजनिक गर्ने गरेका गायक ईश्वरको प्रस्तुत एल्बममा २ वटा गीत सङ्रहित छन ।

Tags: Ishwor Magiya