· ArtistNepal Network · ArtistNepal News
काठमाडौं – बलिउड फिल्म उद्योगको सबभन्दा ठूलो अवार्ड शो इन्डियन फिल्म एकेडमी (आईफा) अवार्ड्स बुधवार मुम्बईमा आयोजना गरिएको छ । काठमाडौंमा गर्ने भनिएको अवार्ड समारोह निकै विरोध आएपछि मुम्बईमा गरिएको हो । आईफाले २० वर्ष पूरा गरेको उत्सवि मनायो । अवार्ड सेरेमोनीमा बलिउड सेलेब्रिटीहरूले स्टाइलिश र फेशनेबल अवतार देखाए । विजेताहरूको नाम यसप्रकार छ : बेस्ट फिल्म अवार्ड : राजी बेस्ट एक्ट्रेस अवार्ड : आलिया भट्ट (राजी) बेस्ट एक्टर अवार्ड : रणवीर सिंह (पद्मावत) बेस्ट डाइरेक्टर अवार्ड : श्रीराम राघवन (अन्धाधुन) बेस्ट सपोर्टिङ एक्ट्रेस : अदिति राव हैदरी (पद्मावत) बेस्ट सपोर्टिङ एक्टर : विक्की कौशल (सञ्जू) बेस्ट डेब्यु फिमेल : सारा अली खान (केदारनाथ) बेस्ट डेब्यु मेल : ईशान खट्टर (धडक) बेस्ट स्टोरी अवार्ड : श्रीराम राघवन, पूजा लोधा श्रुति, अरिजित विश्वास, योगेश चन्देकर र हेमन्त राव (अन्धाधुन) बेस्ट म्युजिक अवार्ड : सोनू के टीटू की स्वीटी बेस्ट लिरिक्स अवार्ड : अमिताभ भट्टाचार्य (धडक) बेस्ट प्लेब्याक सिंगर : अरिजित सिंह (राजी) एजेन्सी