· ArtistNepal Network · ArtistNepal News · Fashion News
ठमेलको नसिङचोक स्थित ‘इवीजा लाउन्ज’ शनिबार साँझ फेसनमय बन्यो। ‘इविजा फेसन नाइट २०१८’ नाम दिइएको फेसन शोमा ‘सन इन सो’ अर्थात ‘हिउँको घाम’ शिर्षकमा ४ फेसन डिजाइनरले तयार पारेका बिभिन्न आकर्षक पहिरनहरु प्रस्तुत गरिएको थियो। विन्टर सिजनको अन्त्यसँगै आयोजना गरिएको ‘इविजा फेसन नाइट २०१८’को भब्य डेकोरेसन तथा झिलिमिलि सजावटले उपस्थित सबैलाई लोभ्याउथ्यो। डिजाइनर अलिसा श्रेष्ठ, पूजा ढकाल, समिक्षा मानन्धर, सुचिना श्रेष्ठ र र्याम्प फेसन स्टोर लगायतले तयार पारेका उत्कृष्ट डिजाइनहरुलाई १२ फिमेल तथा ४ मेल मोडलले र्याम्पमा प्रस्तुत गरेका थिए। अभिनेत्री स्वस्तिमा खड्का, अन्तराष्ट्रिय मोडल तथा इन्डियाज नेक्स्ट टप मोडलकी फष्टरनर अप सविता कार्की सो टपर रहेको फेसन शो श्रृजना रेग्मीको कोरियोग्राफीमा सम्पन्न भएको थियो। २०१० की मिस नेपाल सदीक्षा श्रेष्ठले सो संचालन गरेकी थिइन्।