· ArtistNepal Network · ArtistNepal News · Fashion News
2011-07-03 21:19:23 एक ब्यक्ति जब भगवानलाई भाकलगरि रेडियोमा गित गाउने सपना देखेर काठमाण्डौ प्रबेश गर्दछ । हजारौं प्रतियोगिहरुको बिचको कडा प्रतिस्प्रधाबाट अग्रपन्क्तिमा नाम निकाल्न पनि सफल हुन्छ । तर जब त्यस ब्यक्तिले राम्रा-राम्रा सृजना गर्दै जान्छ, उसको समर्थन हैन, रेडियो नेपालमा हाकिमका दर्जा पाएकाहरुको खेल सुरु हुन्छ ........... । अन्त्यमा..... त्यहि रेडियो नेपालमा गित गाउनको निमित्त भगवान संग भाकलगर्ने ब्यक्ति आइन्दा रेडियोमा गित नगाउने कसम खादैँ यो सहरको भिडमा कता कता हराउँछ......। रेडियोनेपालमा किन नारायणगोपाल, गोपाल योन्जन, रन्जित गजमेर, रामेश-मन्जुल, लगायतका स्रस्टाले गित गाउन बहिस्कार गरे?? आर्टिस्ट नेपालको आगामी अंकमा प्रकाशित गर्ने नै छौं । २०४२ साल, माघ २५ गतेको 'साप्ताहिक विमर्श'को एक अन्तरबार्तामा नारायन गोपाल ले रेडियो नेपाल को बारेमा भनेका थिए -पक्षपात , धाँदली भन्दा नराम्रो कुनै शब्द छ भने पनि त्यो रेडियो नेपालमा हुन्छ । त्यहा पनि एउटा गिरोह छ .................. गित सृजना गर्न जति ग्राहो हुन्छ, त्यतिनै आफ्नो सृजना जोगाउन ग्राहो हुन्छ । नेपाली सङ्गीतको परिचय बनाउन सफल स्रस्टाको अहिले गित नत रेडियो नेपालमानै सुरक्षितनै छ, न त त्यहा कलाकर्मीको सम्मान नै......... स्रस्टाको सम्रक्षण गरौँ, राष्ट्रलाई सम्रिद बनाउँ भन्ने नरा बोकेको म्युजिक नेपालले केही बर्ष अघि महजोडिको हास्यब्यङग प्रस्तुति "मह दोहरी प्रस्तुत् गर्यो , त्यो दोहरीमा प्रस्तुत गरिएको भका रामशरण नेपालीले सन्कलन गरेका हुन । तर महजोडिले समेत आफ्नो स्वार्थसिद्द मात्र पुरा गरे । आफु भन्दा अग्रज स्रस्टा रामशरण नेपालीको नाम समेत अटेन त्यो एल्मबमा । तर,अहिले ' रेडियो नेपाल'को कर्मचारी राजनैतिक प्रकरणमा परेको एउटा गितको कथा मात्र प्रस्तुत गर्दैछौं....जहा हजारौं रेडियो कलाकर्मीका कथा मोलिएको छ ..... । एउटा गित, जुन सातौं पटक सम्म रिमिक्स गरियो । त्यहि गित नेपाली दुई चलचित्रम पनि समाबेश गरियो । ईतिहाँस मेट्टिसकेको एउटा गितको कथा खोज्न थाल्यौं हामी । आर्टिस्ट नेपालले त्यो गितलाई आफ्नो प्रमोसन र प्रबर्दनमा प्रयोग गरेका केहि ब्यक्ति र त्यो अजम्बरी गित संग सम्बन्धित चार जना कलाकर्मीसंग बुझ्न थाल्यौं हामीले ।त्यो गित हो चालिसको दसकको चर्चित गित माछि मारन हो ......... बैनी .... भरेलाई चटनी .... माछी मारन............ माछी मारन हो...दाइ हो... रक्सीलाई चटनी...आउँदै गरन...

गित रेकर्ड हुँदाको कथा..

बि.सं. २०४१/४२ मा पोखराका नबिन गुरुङले संकलन गरि स्थानिय लबजमै यो गितलाई आफ्ना मित नबिन ढुंगेललाई ल्याएर सुनाए । नबिन ढुंगेल र नबिन गुरुङ्ले यो गितको शब्द र केहि सङीतलाई परिमार्जन गरि गित गाउनको लागि दुबै मित रेडियो नेपालमा डेटको लागि भौतारिन थाले । गितलाई सुगन्धित बनाउन यो गितलाई सुर्य थुलुङ, हिरादेबि राई र तिर्थ कुमरीले रेडियोको एक् कुनामा अभ्याश पनि गरेका थिए र रेकर्ड् पनि गराएका थिए । गित रेकर्ड गराउन धेरै पालो कुर्नु परेको स्मरण गर्दछन नबिन गुरुङ । यो गित गाउनु भन्दा अगाडि पनि यि ४ जोडिले धेरै सदाबहार लोकगितहरु रेडियोमा रेकर्ड गराईसकेका थिए । जस मध्ये- साइकल सरर हो साइकल सरर... यो मायालाई सम्झदा मनै हरर........ उकालीमा पनि हजुर मोटर जाँदो रै'छ... ड्राइभर दाइलाई शासना माया सरर जाउँ है रेलैमा.. इत्यादि ....

रेकर्ड पछिको कथा...

जब यो गित रेडियो नेपालमा बज्न थाल्यो । सुर्य थुलुङको मात्र नाममा प्रशारण हुन थाल्यो । सुर्य थुलुंग रेडियोका कर्मचारी थिए ।यो गीतको लोकप्रियमा सुर्यले आफ्नो नाम मात्र अगाडी ल्याएको अन्य स्रस्टाको एक मत रह्यो । रेडियोको रेकर्ड खातामा यो गीतको अन्य स्रस्टाको नाम निशाना रहेन । यो गितका अन्य स्रस्टाले रेडियोमा निबेदनपनि हाले तर रेडियोले यो गितको सुनुवाई गरेन र अन्य स्रस्टा रेडियोमा गित गाउनुको कुनै अर्थ नरहेको भन्दै पछिल्लो दिनमा कुनै पनि गित रेकर्ड गराएका छैनन् । रेडियोमा सोझासिधा कलाकारमाथि हुने जालझेलका भुक्तभोगीको बारेमा हिरादेबी राई यो गीतको बारेमा भन्नुहुन्छ- " नवीन गुरुङको सङ्कलनमा हीरादेवी, नवीन ढुङ्गेल, तीर्थकुमारीले गाएको यो गीत रेडियोको 'फर्माइस' कार्यक्रममा बज्दा कयौंपटक सूर्य थुलुङ र साथीहरूको स्वर भनेर बज्यो । टाढाबाठाले केसम्म गरेनन् र रेडियोमा, खै के भन्नु, कुरा काटेजस्तो.. कति भन्नु... ?" यहि गितकि अर्की गायिका तिर्थ कुमारीको अनुसार पनि _" सङ्गीतमा ठुलो आशा गरेर काठमाडौं छिरेका नबिन गुरुङले यो गितको काण्ड पछि कुनै पनि गित संकलन गरेनन भने नबिन ढुङ्गेलले त्यसपछि रेडियो नेपाल नै प्रवेश गरेनन ... " । रिमिक्सको कथासरोज खनाल अभिनित 'सारंगी' चलचित्रम पहिलो पटक यो गित को प्रयोग गरियो । बिना अनुमति नै चलचित्रम राखेको हुन सक्ने नबिन गुरुङको कथन छ । त्यस पछि कत्ति ले रिमिक्स गरे ... कसरि गरे, केहि थाहा छैन। पबल राई र रमेश खड्काले त यहि गितलाई जस्ताको जस्तै राखेर धौलागिरि मार्फत 'माछी मार्न ' एल्बम नै निकाले । तर सङ्गीत संरक्षणको नाममा खुलेका दर्जनौं संस्था गुपचुप भएरनै बसे । यहि गित पछिल्लो पटक आलोक नेम्बांगको दोश्रो चलचित्र 'कोहि मेरो' मा पनि प्रयोग गरियो । आर्टिस्ट नेपालले निर्देशक आलोक नेम्बांगसंग सम्पर्क गर्यो, उनका अनुसार -"यो चलचित्रको लागि धौलागिरि परिवेशको लोक गीतको खोजिएको थियो । मैले रोजेको ३ गितमा नेपथ्यले बाहेक अरु संग अनुमति नै लिएको हो । हामि को संग अनुमति लिइएको हो बुझ्न खोज्यौं र सम्पर्क गर्यौं चलचित्रक निर्माता सुरज वंशललाई उनका अनुसार लोकगित संकलन कर्ता कै अधिकारम हुने हुनाले हामीले नबिन गुरुङ संग अनुमति लिएका थियौं । २५ बर्ष अघिको यो गितको कथा ,यो गीतको जस्तै कथा अन्य धेरै कलाकर्मीको कथा पनि रेडियो नेपालले यस्तै बनाईदिएको छ् । त्यही माथि तिनै गीतलाई भर्र्याङ् बनाई आफ्नो स्वार्थ पुरा गर्नेको पनि कमी छैन यो समाजमा ।
Tags: Gopal Yonjan Nabin Dhungel Surya Thulung Narayan Gopal Radio Nepal Hari Bamsha Acharya Music Nepal