· ArtistNepal Network · ArtistNepal News · Filmy News
काठमाडौं। नयाँ नेपाली फिल्म ‘आकाशे खेती’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । उदय सुब्बाको लेखन तथा निर्देशन रहेको यो फिल्ममा गौरव पहारी, नीता ढुंगाना, विल्सन बिक्रम राई, बुद्धि तामाङ, रमा लिम्बु, शिशिर वाङदेल, रबिन्द्र झा, जयनन्द लामा, लक्षु शर्मा, प्रकाश शर्मा, कृषा गुरुङ, अनुप याक्सो, रजनी गुरुङ आदि कलाकारले अभिनय गरेका छन । एसएस इन्टनेशनल फिल्मस तथा तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको यो फिल्मलाई केदार उप्रेती, जीवन सुब्बा , राजेन्द्र चोङवाङ र दिल प्रकाश याक्सोले निर्माण गरेका हुन। चलचित्रमा बिक्रम डिसीको छायांकन, राजु किरातीका द्वन्द, रामजी लामिछाने र राजिवको नृत्य तथा सुजन बडालको सम्पादन रहेको छ । यो फिल्म यही फागुन २७ गतेदेखि प्रदर्शनमा आउँदैछ । हेर्नुहोस आकाशे खेतीको ट्रेलर