· ArtistNepal Network · ArtistNepal News · Filmy News
कलाकार सुस्मिताले नयाँ चलचित्र ‘म त तिम्रै हुँ’को निर्माण सुरु गरेकी छिन् । भोलीबाट छायांकन सुरु हुने यो चलचित्रलाई सुस्मिताका छोरा नायक अनमोल केसीले निर्माण गर्नेछन् । चलचित्रमा अनमोलसँगै सुवास थापाको लगानी रहनेछ । ma-ta-timrai-hoon-nepali-movie press release दर्जनौ म्युजिक भिडियो , डकुमेन्ट्री निर्देशन् गरिसकेका निर्देशक श्रीराम महत यस् फिल्मका निर्देशक हुन । फिल्ममा सुस्मिताको साथमा विजय लामा, सुशिल काफ्ले, आकाश श्रेष्ठ, जीवन भट्टराई, ज्योत्सना योगी, अनुपम श्रेष्ठ, सुसन खड्काको मुख्य भूमिका रहनेछ। सुष्मिताकै कथा रहेको फिल्ममा सौरभ लामाको छायांकन, कविराज गहतराजको नृत्य, हिमाल केसीको एक्सन, हर्कुलेस बस्नेतको संगीत, कृष्ण आचार्यको पटकथा तथा संवाद रहनेछ। ma-ta-timrai-hoon-nepali-movie sri ram mahat susmita kc फिल्ममा अनमोल केसीले लगानी गरेपनी भूमिका रहने या नरहने सस्पेन्स राखिएको छ । उनी फिल्मका कुनै रुपमा ईन्ट्री हुन्छ या हुँदैनन नखुलाईएपनी निर्माताको रुपबाट फिल्म राम्रो बन्ने अाश लिएको बताए । ma-ta-timrai-hoon-nepali-movie susmita kc anamol kc सुस्मिताका अनुसार फिल्मले महिला संवेदना, युवा पुस्ताको कथालाई उठान गर्नेछ। करिब ५ बर्षपछि सुस्मिता फिल्म निर्माण तथा अभिनयमा फर्किएकी हुन्। सुष्मिताले यस अघि फिल्म ‘नेपाली बाबु’ म तिमि बिना मरिहाल्छु’ जस्ता सफल फिल्मका कथा लेखि सकेकी छिन। चलचित्रमा सौरभ लामाको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन, हिमाल केसीको एक्सन, हर्कुलेस बस्नेतको संगीत, सुस्मिताकै कथा, कृष्ण आचार्यको पटकथा तथा संवाद रहनेछ । ma-ta-timrai-hoon-nepali-movie press release