· ArtistNepal Network
· ArtistNepal News
महिला तथा असहाय बालबालिका प्रति समर्पित संस्था "फेथ नेपाल" ले माननीय शान्ति तथा पुन निर्माण राज्य मन्त्रि दिप नारायण शाह र नेपालका ख्यातीप्राप्त कलाकार अध्यक्ष राम केशर बोगटी,चर्चित नायिका करिश्मा मानन्धर लगायतको प्रमुख आथित्यमा एउटा कार्यक्रमको आयोजना गरी भूकम्प प्रभावित असहाय बालबालिकालाइ कम्मल तथा केहि सामान बितरण गरेको छ ।
बिगत केहि समय अघी देखी समाजसेवामा अग्रसर हुँदै आएको संस्था 'फेथ नेपाल' को माननीय कार्यक्रममा शान्ति तथा पुन निर्माण राज्य मन्त्रि दिप नारायण शाह संगै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटी,चर्चित नायिका करिश्मा मानन्धर,कलाकार सुनील कटुवाल,मोडेल तथा कलाकार के के अधिकारी,निर्देशक रोशन कुमार संगै माननीय सभासद बिनोद श्रेष्ठ,नेपाल खेलकुद महासंघका केन्द्रीय सचिब रेवती पन्त संगै भिभिन्न संघ संस्थाका अधिकारिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै फेथ नेपालकी अध्यक्ष पूर्णिमा लामाले आगामी दिनमा समेत फेथ नेपालले सम्बृद्ध समाज बनाउने काममा संस्था पछी नपर्ने समेत बताएकी थिइन् । पुर्णिमाको अनुसार केही समय पछी दोलखामा भुकम्प पीडित तथा अपाङ्गहरुलाई ब्ल्यान्केट तथा अन्य लत्ताकपडाहरु बितरण गर्ने बताईन । कार्यक्रममा कम्मल वितरण संगै म्युजिक एल्बमको विमोचन पनि गरिएको थियो ।