· ArtistNepal Network
· ArtistNepal News
पुष्कर बराल (न्युयोर्क)
अन्तराष्ट्रीय नेपाली साहित्य समाज न्युयोर्क च्यापटरले १०६ औ लक्ष्मी प्रसाद देवकोटा जयन्ती भब्यताका साथ सम्पन्न गरेको छ । न्युयोर्क को ज्याक्सन हाईटमा भएको उप्त कार्यक्रममा साहित्यकार तथा साहित्यिक मनहरुको ठुलो उपस्थिति रहेको थियो ।
उप्त कार्यक्रमा प्रमुख अतिथि अर्जुन मैनाली ,साहित्यकार कृशु क्षेत्री,नेपाल बाट पाल्नु भएका अतिथि दामोदर पुडासैनि किशोर, हङ्कङ् बाट पाल्नु भएका अथिती साहित्यकार देश सुब्बा, महा बाणिज्य उप प्रमुख प्रवीण भट्टराई आदी अतिथि थिए । कार्यक्रम को अध्यक्षता निवर्तमान च्यप्टर अध्यक्ष बिकाश बिष्टले गर्नु भएको थियो । च्याप्टटरको आजै नयॉ कार्य समिती पनि गठन गरीएको छ । साहित्यकार मणि बाङ्देलले उपस्थित सबैलाई स्वागत मन्तब्य तथा पुष्कर बरालले देवकोटाको बारेमा प्रकाश पारेका थिए ।
उप्त कार्यक्रममा नाटक पनि प्रस्तुत गरीएको थियो भने बाल कविता प्रतियोगिता पनि सम्पन भयो । त्यस्तै सृजना बाचन गर्नुहुनेमा देश सुब्बा, दामोदर पुडासैनि , बिनोद रोका,मनु लोहरीङ्, पुष्कर बराल,धन लामा, अरुण अनुरागी, पुण्डारी अर्याल, पुनम काफ्ले, सुनिता शर्मा, गीता खत्री, ज्योति पौड्ल आदी हुनुहुन्थ्यो ।
संसार भर हरेक बर्ष देवकोटा जयन्तीको अवसर पारेर देवकोटाको सम्झनामा धेरै साहित्यिक कार्यक्रम हरु हुने गर्दछन्
Tags:
Laxmi Prasad Devkota