· ArtistNepal Network · ArtistNepal News · Music news
आर्टिस्ट नेपाल नेपाली संस्कृतिलाई बचाईराख्नको लागी र बिदेशी भुमीमा चिनाउने अभिप्रायका साथ "नेपाली अमेरिकन कलाकार संघ" नर्थ-अमेरीकाले देउसी भैंलौ कार्यक्रम सम्पन्न गरेको छ । अमेरिकाको न्युयोर्कको बिभिन्न स्टेटमा बसोबास गर्ने कलाकारहरु नेपाली समाजसेवी लगायत नेपाली समुदायमा देउसी भैंलौ कार्यक्रमको आयोजना गरेको हो । image85 भुपु अध्यक्ष गम्बु शेर्पाको घरबाट सुरु भएको देउसी भैलो कलाकार सुबर्ण क्षेत्री, न्युयोर्कका समाजसेवी ईन्द्र तामाङ् लगायतको घर ऑगनमा भएको थियो । देउसी भैलो कार्यक्रममा संस्थाका सल्लाहाकार चर्चित गायक जगदीश समाल, अध्यक्ष सुमन बुढा मगर लगायत पविता परीयार, अभय ढुङ्गेल, गीता बुर्लाकोटी, पुष्कर बराल, संगीता थापा मगर, प्रेम सेन्चुरी आदी को उपस्थिति थियो । फोटोस्रोत : युएस खबर image86
Tags: Avay Dhungel Nepal American Artist Association