· ArtistNepal Network · ArtistNepal News
करिब एक महिनाअघि समरकटर शीर्षकको फेसन शो सम्पन्न गरेको द रेमिनिस इभेन्ट म्यानिकले 'डिजाइनर अफ द इयर-२०१३' को आयोजना गर्ने घोषणा गरेको छ । कला सुब्बाले कोरियोग्राफी गर्ने यो प्रतियोगिता आगामी साउन १८ गते आर्मी अफिसर्स क्लब, काठमाडौंमा सम्पन्न हुनेछ । कोरियोग्राफर सुब्बाका अनुसार 'वातावरण संरक्षण गरौं' भन्ने थिममा प्रतिस्पर्धी डिजाइनरहरूले पहिरन तयार पार्नेछन्, जसलाई एक दर्जन सुन्दर मोडलले र्‍याम्पमा प्रस्तुत गर्नेछन्। पहिरनमार्फत डिजाइनरहरूले खेर गएका तथा पुनः प्रयोग गर्न मिल्ने सामग्रीहरूबाट पहिरन बनाउनुपर्नेछ। प्रतिस्पर्धीहरूले पत्रपत्रिका, प्लास्टिकका झोला, पेयपदार्थका क्यान जस्ता सामग्रीबाट पहिरन तयार पार्नेछन् । प्रत्येक सहभागी डिजाइनरलाई एक जना मोडल उपलब्ध गराइने छ । प्रतिस्पर्धामा सहभागिता जनाउने मोडलहरू प्रशिक्षणमा व्यस्त भैसकेका छन् भने डिजाइनरहरूसमेत पहिरन तयार पार्न सक्रिय छन्।
Tags: Fashion Show fashion