· ArtistNepal Network
· ArtistNepal News
· Music news
काठमाडौं– वरिष्ठ गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।
गायनमा आधारित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ का निर्माता तथा उद्घोषक सुशिल नेपालले फेसबुक पेजमार्फत उक्त कार्यक्रमका कोच गायक श्रेष्ठलाई कोरोना संक्रमण भएर उपचारका लागि धुम्बाराहिस्थित ह्याम्स अस्पतालमा भर्ना भएको उल्लेख गरेका छन् ।
गायक श्रेष्ठलाई २ साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
श्रेष्ठको शरीरमा अक्सिजन लेभल कम देखिएपछि अस्पताल भर्ना गरिएको बताइएको छ ।
‘महागुरू कोच दिपलाई शिध्र स्वास्थ्य लाभको कामना, भन्दै कार्यक्रमका प्रस्तोता नेपालले लेखेका छन्–‘स्वास्थमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना हुनु भएका हाम्रा कोच दीप श्रेष्ठलाई कोभिड पोजिटिभ देखिएपछि उहाँ अहिले यो रोगसंग जुधिरहनु भएको छ । सधैं हामीलाई आत्मबल दिने संगीतका जिवन्त धरोहरलाई कोभिडसंग जुध्न सामान्य नै हुनेछ भन्नेमा हामीलाई पुर्ण विश्वास छ । उहाँको उपचारमा अहिलेसम्म खटिराख्नु भएका चिकित्सकहरू तथा नर्सहरूलाई पनि धेरै धेरै धन्यवाद ।’
वरिष्ठ गायक श्रेष्ठलाई आर्टिस्ट नेपाल परिवारको तर्फबाट शिघ्र स्वास्थ्य लाभको कामना ।