· ArtistNepal Network · ArtistNepal News
डान्सिङ रियालिटी 'डान्सिङ्ग विथ द स्टार्स नेपाल' को तयारी सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय डान्स सेलिब्रेटी रियालिटी शो 'डान्सिङ्ग विथ द स्टार्स'को नेपाली संस्करणको तयारी पूरा भएसँगै यसबारे आएका विभिन्न तस्बिरहरुले कौतूहल बढेको छ । छिट्टै नै हिमालयन टेलिभिजनमा प्रसारण हुने तयारीमा रहेको यस शोमा १२ सेलिब्रेटी र उनका कोरियोग्राफरको स्टेजमा प्रस्तुति दिनेछन् । दिलीप रायमाझी, गौरी मल्ल र रेनशा वान्तता राई शोका निर्णायक रहेका छन्। शोमा हरि खड्का, प्रशान्त ताम्राकार, ज्योति मगर, बुद्ध लामा, सुमी मोक्तान, सृष्टि केसी, रक्षा श्रेष्ठ, उमेश राई (फुलन्देकी आमा) लगायतका सेलिब्रेटी यो प्रतिस्पर्धामा भाग लिँदै छन् । कार्यक्रमको प्रिमियर एपिसोडको सुटिङ समेत सम्पन्न भइसकेको छ । जसमा महानायक राजेश हमाल र शोका जजहरूको प्रस्तुति रहने छ । कार्यक्रमलाई मिस नेपाल वर्ल्ड २०१० सदिच्छा श्रेष्ठ र हास्य कलाकार सुमन कार्कीले संचालन गर्नेछन। लक्ष्मण पौडेलको निर्देशनमा यस रियालिटी शो तयार हुनेछ । लक्ष्मण पौडेल 'द भईस' का पनि निर्देशक हुन्। फोटो : फोटोपसल
Tags: Dancing with the stars Nepal