· ArtistNepal Network
· ArtistNepal News
· Music news
2011-07-06
आर्टिस्ट नेपाल। चीनको ग्वांगदोंग शहरमा हुन लागेको १६ औं एसियाली खेलकुदको लागि चीन सरकारले सम्पूर्ण आवश्यक कुराहरुको व्यवस्था गरि सकेको छ ।अहिले ग्वांगदोंग शहरमा निक्कै झिलिमिली र भिडभाड हुन थाली सकेको छ । होटल,यातायात,बजार व्यवस्थाहरु सुव्यवस्थित गरिएका छन् । सुरक्षा व्यवस्था सुनियोजित रुपमा संचालन गर्नका लागि थप प्रहरी जवानहरु खटाइएका छन् साथै बिभिन्न नाकाहरुमा सुरक्षा जांच कडा गरिएको छ ।
एसियाली खेलकुदको सुरुवातको क्रममा गत ६ नोवेम्बर २०१० का दिन चीन को जीयांगमेन शहरमा"चाइनिज कार्निभल एण्ड टुरिज्म फेस्टिभल सेरेमोनी"को आयोजना गरेर भब्य रुपमा मनाइयो। उक्त कार्यक्रममा चीन,हंगकंग,कोरिया,ताइवान,भिएतनाम,मकाउ,थाईलैंड,अफ्रीका जस्ता मुलुकका सहभागीहरुले बिभिन्न भेष-भूषामा, बिबिध किसिमका संस्कृति झल्किने आफ्ना परम्परागत बाजा-गाजाका साथ् झाँकी तथा नृत्यहरु प्रस्तुत गरेका थिए।
यस कार्यक्रममा हङकङको प्रतिनिधिको रुपमा बरिष्ठ कलाकारद्वय हरि श्रेष्ठ र चेतमान गुरुङले सहभागिता जनाउदै नेपालको अत्यन्तै लोकप्रिय बाजा मादल अनि सारंगी बजाएर नृत्य गर्दै झाँकी प्रस्तुत गरेको बेला लाखौ चिनियाँ जनताहरुले तालि बजाएर भाब्यताका साथ् स्वागत गरेका थिए । जुन अत्यन्तै अनौठो अनि अविष्मरनिय साथै सम्पूर्ण नेपालीकोलागि गौरवको बिषय थियो। उक्त महोत्सवमा हंगकंगका कार्य कारी प्रमुख डोनाल्ड चांग आफ्नी श्रीमतीको साथमा उपस्थित थिए।
यस महोत्सवको दृश्यहरुलाई चीनका बिभिन्न टि.भी.च्यानल हरुले प्रत्यक्ष्य प्रसारण गरेका थिए।
Tags:
Hari Shrestha
Chetman Gurung