· ArtistNepal Network
· ArtistNepal News
· Fashion News
‘क्यापिटल क्वीन नेपाल’ २०१८ को उपाधि मिस ॠषिका थापाको पोल्टामा गएको छ। अशोज २५ गते जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना भएको चौथो संस्करणको ‘क्यापिटल क्वीन नेपाल’ मा उनले काठमाडौँ भित्र तथा बाहिरबाट भाग लिन आएका अन्य १४ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधि हात पारिन्। उनले उपाधि सहित् विभिन्न गिफ्ट ह्याम्पर पनि हातपारिन। त्यस्तै ‘क्यापिटल क्वीन नेपाल २०१८’को फस्ट रनरअपमा अनिशा श्रेष्ठ, सेकेन्ड रनरअपमा दिबिना शाही घोषित भईन।
अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको यस् प्रतियोगिताको अफिसियल मिडिया आर्टिस्ट नेपालले प्रतिस्प्रधीको अनलाइन भोटिङ पनि राखेको थियो, अनलाइन भोटिङ मार्फत पब्लिक चइस अवार्ड गंगा कंडेलले हात पार्न सफल भईन। त्यस्तै अन्य टाईटल बिजेताहरुमा बेस्ट ट्यालेन्ट स्मृति लुङेली, मस्ट ईन्टिलिजेन्ट ॠषिका थापा, मस्ट चार्मिङ निमा बम्जन, बेस्ट क्याट्वाक अस्मिता राई,बेस्ट फोटोजेनिक सुनिता स्याङ्गतेन मस्ट स्मार्ट दिबिना शाही, मस्ट कन्फिडेन्ट अनिशा श्रेष्ठ, बेस्ट पर्सानालिटी, गंगा कंडेल,मस्ट एक्टिभ गंगा राइ, बेस्ट डिसिप्लिन देवी तामांग,मस्ट पपुलर निमा बम्जनले हात पारेका थिए।
कार्यक्रमको निर्णायकहरुमा गायक चर्चित गयाक यम बराल, गायक कर्मा शेर्पा, नायिका जान्वी बोहरा, मिस्टर हेन्डसम नेपाल बिजेता मिलन रेग्मी, मिसेस ग्लोबल नेपाल बिजेता दुर्गा पौडेल हुनुहुन्थ्यो । प्रतियोगितालाई विभिन्न ढङ्गबाट सहयोग गर्नेहरुलाई आयोजक सस्था अमाजोन ईन्टरटेन्मेन्टका निर्देशक कमल खतिवडाले मायाको चिनो प्रदान गर्नुभएको थियो। प्रतियोगितालाई हिमानी सुब्बाले कोरियोग्राफी गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन रोजिन शाक्यले गर्नुभएको थियो।