· ArtistNepal Network
· artists
· Model & Dancers
/>रामेछाप मन्थलीकी १४ वर्षीया भावना कार्की मोडलिङमा स्थापित हुने क्रममा छिन् । १५ बर्ष टेक्ने क्रममा रहेकी भावना उमेरले सानै भएपनी प्रमोद खरेलको आवाजमा रहेको स्वार्थी दुनियाँ बोलको गीतको भिडियोमा मोडलिङ गरिसकेकी भावनाले भबिश्यमा नायिका बन्ने सोच अनुरुप धेरै कुरा सिकिने हुनाले उमेर सानो भएपनी मोडेलिङमा लागेको बताउछिन ।
चलचित्र क्षेत्रमा नम्बर १ नायिका बन्ने उदेश्य लिएकी भावनालाई ग्ल्यामर फिल्डमा परिवारको पूर्ण साथ सहयोग रहेको बताउछिन । हाल बिद्यालय स्तरमै अध्ययन गरिरहेकी भावना डान्स र अभिनयको प्रशिक्षणसमेत लिएकी छिन् । भविष्यमा राम्रो कलाकार बन्ने सोच छ, उनले भनिन्, अध्ययन र मोडलिङलाई एकसाथ अघि बढाउँछु । मोडलिङलाई प्रतिभा प्रस्फुटनको माध्यमका रूपमा लिने भावनाले यो क्षेत्रलाई समाजले अझै नकारात्मक रूपमा लिने गरेको बताइन् । अध्ययन सँगसंगै मोडेलिङमा निरन्तरता दिने बताउँछिन् ।
तस्बिर : कुबेर तमाङ स्टुडियो : आर्टिस्ट नेपाल स्टुडियो मेकअप - रोजी सिंह लुइटेल
Tags:
Nepali Model
Bhawana karki