· ArtistNepal Network · ArtistNepal News · Filmy News

जेठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘भैरे’ को दोस्रो गीत ‘सनम माया लाको सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा उक्त गीत सार्वजनिक गरिएको हो ।

एभरेष्ट सूर्य बोहराको शब्द रहेको गीतमा यम बरालले संगीत भरेका छन् । यस् गीतमा यम र अञ्जु पन्तको स्वर गीतमा सुन्न सकिन्छ । भिडियोमा दया र सुरक्षाको केमेष्ट्री कमालको देखिएको छ । कोरियोग्राफर बसन्त श्रेष्ठले भेषभुषामा विशेष ध्यान दिएका छन् ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता दयाहाङले सन्चो नभएको अवस्थामा पनि ‘भैरे’ मा काम गरेको स्मरण गरे । उनी भन्छन्, ‘मलाई नाच्न भनेपछि ज्वरो आउँछ । तर यस गीतमा म आफैं देखिनु पर्ने भएका कारण आफ्नो तर्फबाट गर्न सक्ने प्रयास गरेको छु ।’ यस्तै, अभिनेत्री सुरक्षाले ‘सनम माया लाुको’ गीतमा दया दाईसँग नाच्न पाउँदा खुशीको सिमा नरहेको बताईन् । एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको चलचित्रको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण सिन खिचेका हुन् ।

करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत चलचित्रका सह-निर्मातामा छन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को सम्पादनको जिम्मेवारी बनिष शाहले सम्हालेका छन् ।

सूर्य थोक्करको द्वन्द्व रहेको यस चलचित्रमा विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय छ ।

यसअघि सार्वजनिक भएको चलचित्रमा समावेश ‘सान्नानीलाई भेट्न आउँदा’ गीतले यतिबेला राम्रै चर्चा बटुलिरहेको छ ।

bhaire - sanam maua laako

Tags: Yam Baral dayahang rai Surakshya Panta Everest Surya Bohara