· ArtistNepal Network
· ArtistNepal News
अमेजन ईन्टरटेन्मेन्टको आयोजनामा संचालन भईरहेको मिस ब्युटी क्विन नेपाल २०१८ को पाँचौ सिजनको ट्यालेन्ट शो सम्पन्न भएको छ । नक्साल स्थित होटेल क्राउन प्लाजामा सम्पन्न ट्यालेन्ट शोमा फेशन कोरियोग्राफर हिमानी सुब्बा, म्युजिक भिडियो निर्देशक तथा आर्टिस्ट नेपालमा डाईरेक्टर नव ढुंगेल, गायिका अर्पना श्रेष्ठ, मिस नेपाल आईडल फस्ट रनरअप सुनिशा कोइराला, ब्युटिसियन नेपाल बिजेता शिलाश्मा मल्ल, मिसेस मंगोल २०१८ को फस्ट रनरअप निर्मला राई लगायत निर्णायकमा थिए ।
प्रतिस्प्रधाका लागि नेपाल अधिराज्यभरबाट छनौट भएका १५ प्रतिस्पर्धीहरुले नृत्य, गायन, अभिनय, कुक, मेकअप, वक्तृत्व कलामा उत्कृष्ट आ–आफ्नो प्रतिभा प्रदर्शन गरी निर्णायक मण्डल र अभिभावकको मन जित्ने प्रयास गरेका थिए। प्रतियोगीहरुले देखाएको सबै प्रतिभाहरुको निणार्यक मण्डल तथा उपस्थित दर्शक दिर्घाबाट निकै प्रशंसा पाएको थियो । यस् शोबाट बिजेता हुने मिस ट्यालेन्टको घोषणा भने अन्तिम स्पर्धाका दिन हुनेछ।
प्रतियोगिताको आगामी श्रावन ३० गते जमल स्थित राष्ट्रिय नाचघरमा फिनाले हुने आयोजक संस्था अमेजन ईन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक कमल खतीवडाले बताए । अन्तिम प्रतिस्प्रधाका लागि रन्जिता बिष्ट, जयश्री मल्ल, ॠषिका थापा, क्रेशिया राइ, निशा पौडेल, आरती आले मगर, पुजा अधिकारी , अस्मिता राई, बर्षा महर्जन, मनिषा थापा, मोनिका कुस्वार, पवित्र रिजाल, सेल्गी लिम्बु , ज्योति प्रसाईं छन्।
अन्तिम स्पर्धाका लागि प्रतियोगीताका विजेता तथा टाईटल विजेताहरुले उपाधिका साथमा बिभिन्न अवसर तथा आकर्षक गिफ्ट ह्याम्पर जित्न सक्नेछन् । अन्तिम स्पर्धा कास्टमंडप टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । हस्पीलिटी पार्टनरको रुपमा होटल क्राउन प्लाजा तथा फोटोग्राफी आर्टिष्ट नेपालका फोटोग्राफर कुबेर तामाङको रहेको छ । प्रतियोगीताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी छिन् ।

Tags:
Himani Subba
Amazon entertainment
Miss Beauty Queen Nepal