· ArtistNepal Network · ArtistNepal News · Fashion News

ब्युटिसियन महिलाहरुको क्षमता अभिवृद्धि र प्रतिभा प्रस्फुटनका गर्ने उद्देश्यले ‘ब्युटिसियन नेपाल – २०१८’ को आयोजना हुने भएकोछ । प्रतियोगितामा काठमाडौं भित्र तथा बाहिरबाट प्रतियोगीहरु भाग लिन पाउनेछन । प्रतिस्प्रधाको ट्रेनिङ अबधीभर नयाँ नयाँ सिप क्षमता पनि आदानप्रदान हुनेछन ।

ब्युटिसियन पेशामा आबद्द क्षमतावान ब्युटिसियनहरुको पेशालाई अन्तरराष्ट्रिय स्तरसम्म पुर्याउने र यसमा भविष्य खोज्ने युवतीहरूको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्य यो प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

प्रतिस्प्रधाको लागि छानिएका प्रतियोगीहरुलाई मोडेल हिमानी सुब्बाले कोरियोग्राफी एबं प्रक्षिक्षण दिनेछिन ।

प्रतियोगिताको अन्तिम स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, सञ्चार, कला, शैक्षिक भ्रमण, स्वास्थ्य शिविर, फोटोसेसन, महिला सशक्तीकरण, सञ्चार, कला, सामाजिक क्रियाकलाप, मेकअप, फेसन, फोटोसेसन, महिला सशक्तीकरण, प्रेरणा, नेतृत्व क्षमता, सामाजिक सञ्जालको सदुपयोगजस्ता विषयमा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण प्रदान गरिने छ ।

प्रतियोगीतामा मुख्य उपाधिसहित फस्ट रनर्सअप, सेकेन्ड रनर्सअप, गिफ्ट प्राईज, टुर प्याकेज, मस्ट ट्यालेन्ट, बेस्ट पर्सनालिटी, मस्ट ब्युटिफुल, मिस फोटोजेनिक आदि बिभिन्न विधामा विजेता छानिनेछ ।

Tags: Amazon entertainment Amazone Entertainment Beautician Nepal