· ArtistNepal Network
· ArtistNepal Academy
(यो जानकारी आर्टिस्टनेपाल स्टुडियोज एन्ड प्रोडक्सनले तयार पारेको हो। मोडलिङमा पाईला चाल्न खोज्दै हुनुहुन्छ भने आर्टिस्टनेपाल तपाईंको पहिलो रोजाइ बन्नसक्छ। आर्टिस्टनेपालको आफ्नै सुबिधा सम्पन्न स्टुडियो छ जहाँबाट पोर्ट्फोलियो तयारी गरी बिभिन्न संचारमाध्यमबाट प्रचारप्रसार गर्न सहयोग हुनेछ। आर्टिस्टनेपाल आँफैमा ठुलो मिडिया सस्था भएको कारण मोडलिङसँग सम्बन्धित बिभिन्न कामहरु प्राप्तगर्न पनि सहयोग प्राप्त हुनेछ।)पछिल्लो समय मोडलिङ्ग क्रेज युवापुस्तामा दिन प्रति दिन बढ्दै गरेकोछ। तर कतिपयलाई मोडलिङ्ग भनेको के हो र मोडलले केके गर्नुपर्छ ? भन्ने कुराहरुमा पनि अनभिज्ञ छन्। मोडलिङ्ग अन्तर्गत धेरै कुराहरु समेटिन्छ। तपाइँको उमेर,उचाई,मोटाइ,बर्णले कुन मोडलिङ्गमा फिट हुनसक्छ छुट्याउनुहोस्। मोडलिङ्गको प्रकार मोडलले गर्ने कामको आधारमा मोडलिङ्गको प्रकार फरक-फरक हुन्छ। जसअन्तर्गत Fashion (Editorial) Model Runway/Catwalk Model Commercial Model Plus Size Model Petite Model Child Model Swimsuit/glamour Model Parts Model Promotional Model Mature Model लगायत केहि हुन्। हामी केहि छोटो टिप्सहरु दिंदैछौ, जसले नया मोडलहरुलाई अगाडी बढ्न धेरै सहयोग गर्न सक्छ। अब्बल रहनुहोस कुन मोडलिङ्गको लागि फिट हुनुहुन्छ अथवा आफुले चाहेको मोडलिङको लागि आबश्याक ट्रेनिङ्ग लिनको लागि तयारि हुनुहोस। उदाहरणको लागि म्युजिक भिडियोको लागि आबश्यक नृत्य तथा अभिनयमा आफुलाई पूर्ण बनाउनुहोस् । रनवे मोडलिङको लागि र्याम्प ट्रेनिङ्ग लिनुहोस् । पोर्टफोलियो बनाउनुहोस् पोर्टफोलियो ले तपाइँ को मोडलिङ्ग सपना पुरा गर्न धेरै सहयोग गर्छ। क्यामरा बोक्ने सबै फोटोग्राफर हुँदैनन्। फेशन फोटोग्राफी को बारेमा प्रयाप्त जानकारी भएका तथा फेशन फोटोग्राफीमा नियमित काम गरेको फोटोग्राफर संग पोर्टफोलियो तयार गर्नुहोस। राम्रो एजेन्सी छान्नुहोस् नेपालमा एउटै एजेन्सी ले मोडल लाई प्रयाप्त काम दिन असमर्थ हुन सक्छ तसर्थ, एजेन्सीको प्रोफाईल हेरेर आबद्द हुनुहोस् । जुन एजेन्सिले तपाईंलाई मिडिया सपोर्ट तथा आबश्यक कामहरु दिन सहयोग गर्छ। प्रोफेसनल बन्नुहोस् मोडलिङ सुरु गर्नु भन्दा अगाडि पोर्ट्फोलियो तथा आबश्यक ट्रेनिङको लागि केही खर्चहरु अबश्य हुन्छ, आबश्यक शुल्क तिर्न तयार हुनुहोस् । र आफुले कामगरेको शुल्क पनि लिनुहोस् । सम्बन्धको आधारमा काम नगर्नुहोस्। सामाजिक सन्जालको सहि सदुपयोग गर्नुहोस् सामाजिक सन्जालमा ब्यक्तिगत सम्बन्धका कुराहरु, अरुसँग भएको कुराहरु पहिले पोस्ट नगर्नुहोस्। मोडल ब्राण्डमा यो कुराले धेरै महत्व राख्ने गर्दछ । कतिपय सामाजिक सन्जालको माध्यमबाट नजिक भई मोडल बनाउने, चलचित्र खेलाउने, भिडियो खेलाउने, निशुल्क फोटोसुट गराउने जस्ता बिभिन्न प्रलोभनमा परेर काम गर्न तयार हुन्छन । सामाजिक सन्जालमा कुरागरेको भरमा विश्वाश नगर्नुहोस्। कोहीसँग कामगर्दै हुनुहुन्छ भने पहिलाको काम हेर्नुहोस्। अफिस भ्रमण गर्नुहोस् । कन्ट्राक्ट गर्नुहोस् ।