· ArtistNepal Network · ArtistNepal News · Fashion News
मिस ब्युटि क्विन नेपाल २०१७ को अडिसन प्रारम्भ भएको छ । अडिसनको लागि झन्डै २ दर्जन प्रतियोगीले फर्म भरिसकेको एमाजोन ईन्टरटेन्मेन्टका सिइओ कमल खतिवडाले जानकारी दिएका छन् । प्रतियोगिताको अन्तिम अडिसन आषाढ २२ गते सम्म हुने बताइएको छ । नेपाली मोडेलिङ पेशालाई अन्तरराष्ट्रिय स्तरसम्म पुर्याउने उदेश्यका साथ मोडेलिङमा रमाएका वा यसमा भविष्य खोज्ने युवतीहरूको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्य यो प्रतियोगिताको छ । कमलादी स्थित सि.डब्लु. रेस्टुरेन्टमा संचालन हुने अडिसनमा भाग लिन चाहने युबतीहरुले आयोजक सँस्थाका सदस्यको मोबाईल नम्बर ९८५१००५७९७ तथा ९८४००५७९७७ मा सिधा संपर्क गरेर नाम टिपाउन सक्नुहुनेछ । अडिसन लगत्तै छानिएका प्रतियोगीहरुलाई मोडेल हिमानी सुब्बाले कोरियोग्राफी एबं प्रक्षिक्षण दिनेछिन । प्रतियोगिताको अन्तिम स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, सञ्चार, कला, शैक्षिक भ्रमण, स्वास्थ्य शिविर, फोटोसेसन, महिला सशक्तीकरण, सञ्चार, कला, सामाजिक क्रियाकलाप, मेकअप, फेसन, फोटोसेसन, महिला सशक्तीकरण, प्रेरणा, नेतृत्व क्षमता, सामाजिक सञ्जालको सदुपयोगजस्ता विषयमा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण प्रदान गरिने छ । प्रतियोगीतामा मुख्य उपाधिसहित फस्ट रनर्सअप, सेकेन्ड रनर्सअप, क्यास प्राईज, टुर प्याकेज, मस्ट ट्यालेन्ट, बेस्ट पर्सनालिटी, मस्ट ब्युटिफुल, मिस फोटोजेनिक आदि बिभिन्न विधामा विजेता छानिनेछ ।
Tags: Miss Beauty Queen Nepal 2017