· ArtistNepal Network
· ArtistNepal News
· Filmy News
आर्टिस्ट नेपाल
बैसाख २६ गतेलाई प्रदर्शनको मिती तय गरेको चलचित्र ‘मेरो बेष्ट फ्रेण्ड’का अडियो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र यूनिटले सुगम पोख्रेल, प्रमोद खरेल, अशुसेन लामा, राजन इशानले संगीत दिएका गीत सार्वजनिक सँगै प्रोमो पनि सार्वजनिक गरेको छ। चलचित्रको अडियो सिडीलाई एसियन म्युजिकले बजारमा ल्याएको हो ।
यो चलचित्र नायिका प्रियांका कार्कीको पहिलो चलचित्र हो । प्रियांकाको साथमा यो चलचित्रमा रेश मरहठ्ठा, केकी अधिकारी, दिवस उप्रेती, बिमलेश अधिकारी, किरण लाकौल , पूजा शर्मा, निर्मल शर्मा लगायतका कलाकारको अभिनय छ।
अडियो गीत सार्वजनिक कार्यक्रममा संगीतकारहरु सुगम पोख्रेल, प्रमोद खरेल, आशुसेन लामा, मिलन अमात्य, राजन इशानको उपस्थिती थियो। नायक रेश मरहठ्ठा, दिवस उप्रेती, किरण लाकौल साथै नायिकाद्वय प्रियांका कार्की र केकी अधिकारीको पनि उपस्थिति थियो। प्रसन्न पौडेल निर्देशित यो चलचित्रलाई आसाबादी फिल्म्सको ब्यानरमा निर्माता प्रजिता बज्राचार्यले निर्माण गरेकी हुन ।
Tags:
Priyanka Karki
Prasanna Poudel
Asian Music
Resh Marahatta
Kiran Lacaul