· ArtistNepal Network · ArtistNepal News · Filmy News
आर्यन सिग्देललाई सहरको एउटा बदनाम हिरोको रूपमा चिनाउन केही मान्छेहरू मज्जैले लागे। चलचित्र निर्माण संस्था, मिडियाकर्मी र केही निर्मात्रीसमेत उनका विरुद्ध लागे र प्रचार गरियो– आर्यनले धेरै रक्सी पिउँछ, स्त्रि्कप्ट नपढी काम गर्दैन, सुटिङमा ढिलो आउँछ आदि। कुनै पनि कलाकारको आलोचना गर्नु उसको कमजोरी सुधारेर अगाडि बढ्ने प्रेरणा पनि दिनु हो। तर, उनको आलोचनाको हकमा यो लागू भएन। मात्रै आर्यनको अभिनय र क्रेजबाट चिढिकाहरूको प्रपन्च जस्तो देखियो। केही मान्छेको भेटघाटमा हुने चिया गफमा समेत आर्यनको आलोचना गर्ने चलन थियो। विरोध गर्नेहरूले जेसुकै भनून्। उनको करिअरमा कुनै फरक पर्नेछैन। उनी अभिनित फिल्म राम्रै चलेका छन् भने केही सचेत निर्माताले पारिश्रमिकको दर बढाएका छन्। पछिल्लोपटक 'धुवाँ यो नशा' मा ६ लाख पारिश्रमिक लिएका आर्यन अहिले पनि जस्तो–तस्तो फिल्ममा काम गर्दैनन्। उनलाई अभिनय गराउने निर्देशकहरू भन्छन्– 'जसले अभिनयको महत्त्व बुझेको छ, उसले मात्रै आर्यनलाई चिन्छ।'
Tags: Aryan Sigdel