· ArtistNepal Network · ArtistNepal News · Music news
  गायक कपिल कसपालको मायाको चेक बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। स्वर, शब्द र संगीत प्रदिप कसपालको रहेको छ। गीतमा सन्ध्या बुढा (काउली बुढी) ले समेत स्वर दिएकी छिन्। यसको म्युजिक भिडियोमा नयन डीसी र सृष्टि खड्काले अभिनय गरेका छन् भने निर्देशन कसपालले नै गरेका छन्। नृत्य संयोजन बुगिवुगीका नृत्य निर्देशक प्रशान्त तामाङले गरेका छन्। राग–रागीनी इन्टरटेन्टमेन्ट प्रालिको ब्यानरमा तयार पारिएको गीत र म्युजिक भिडियोले जीवनलाई मनोरञ्जनात्मकरूपमा अगाडि लैजानुपर्ने सन्देश दिएको छ। कार्यक्रममा गायिका काउली बुढीले सञ्चालनमा ल्याएको आफ्नै युट्युब च्यानल काउली बुढी शोबाट गीत सार्वजनिक गरिएको थियो। काउली बुढीले मायाको चेकले युवाको मन जित्न सक्ने दाबी गरिन्।
Tags: Nayan DC Sandhya Budha ( kauli Budhi )