· ArtistNepal Network · ArtistNepal News

मिडिया, प्रोडक्सन र एजेन्सीको रुपमा परिचित सँस्था “आर्टिस्ट नेपाल”ले पिकनिकको आयोजना गरेको छ। काठमाडौंको जस्सिङपौवामा कलाकर्मी बिच चिनजान, भेटघाट गराउने उदेश्यले आयोजना गरिएको पिकनिक कार्यक्रममा सो क्षेत्रसँग सम्बन्धित १०० भन्दा बढी कलाकारले सहभागिता जनाउनु भएको थियो ।

उपस्थिती हुने कलाकारहरुमा हास्यकलाकार यमन श्रेष्ठ, गायक सपन श्रेष्ठ, गायिका अर्पणा श्रेष्ठ, सिमान्त सन्तोष म्युजिक एरेन्जर रप्रभिन श्रेष्ठ, गायक जगत बोहरा, गायक संगीतकार नकुल कार्की संचारकर्मी तथा गीतकार मनोज केसी'समय', पत्रकार गीता अधिकारी, निखिता महत, मोडेल उज्वल कुँवर, जीवन ओडारी उरुशा पाण्डे, अपेक्षा ढुंगाना, प्रतिज्ञा भण्डारी, बिशाल सेन, गायाक प्रदिप लामा, बिनोद राज ढुंगेल, विश्वराम कार्की, मन थुलुङ् राई, ईन्द्र आर पि ,ईश्वर बल्लव लगायतका कलाकार, मोडेलको उपस्थिती थियो ।

त्यस्तै उपस्थिती जनाउनुहुनेमा ईभेन्ट म्यानेजर निशु झा, लभ कार्की, बाल कृष्ण पोखरेल, मेकअप आर्टिस्ट रोजी सिंह लुइटेल, राज पाण्डे र बिजनेस पर्सन बाबुकाजी सिल्पकार उपस्थित हुनुहुन्थ्यो ।

पिकनिक कार्यक्रमलाई बिभिन्न ढंगबाट सोनिया जिआर, राज बराईली र निशा राइले संचालन गर्नुभएको थियो । कार्यक्रममा गीतकार होमराज श्रेष्ठले बिभिन्न गेम खेलाई मनोरन्जन प्रदान गर्नु भएको थियो ।

कतीपय कलाकारहरु एक आपसमा चिन्दैनन, यही कारणले नेपाली कलाकर्मी बिच एकता एबं चिनजान गराउने उदेश्यले आयोजना गरिएको यस् बनभोज कार्यक्रम दोश्रो हो । संस्थाले गत बर्ष आयोजना गरेको बनभोजमा २०० भन्दा बढि कलाकारहरुको सहभागिता थियो ।