· ArtistNepal Network · ArtistNepal News · Music news

नायिका अनु शाह उदीयमान गायक तुलसी शिवाकोटीको आवाजमा रहेको गीत ‘म त मान्छे सिधा साधा’को म्युजिक भिडियोमा प्रस्तुत भईन। कपुरी ‘क’मोषन पिक्चर्सको व्यानरमा निमार्ण गरिएको यस म्युजिक भिडियोलाई दर्शक श्रोताले धेरै रुचाएका छन्। अमेरिका बसेर पनि संगीत साधनामा निरन्तर लागीरहेका शिवाकोटीले केही दिन अघि यो गीतको भिडियो सार्वजनिक गरेका हुन्।

‘म त मान्छे सिधा साधा’लाई सुर्य खत्रीले लेखेका हुन्। यसमा संगीतकार धन बराईलीको संगीत रहेको छ। म्युजिक भिडियोमा संगीतकारको नाम गायक तथा संगीतकार लिला शिवाकोटीको नाम उल्लेख भएपनी यसमा संगीत धन बराईलीको रहेको र यो नाममा प्राविधिक कारणले त्रुटी हुन गएको लिला शिवाकोटीले बताए। अमेरीकामै बसेर करीब आधा दशक देखी निरन्तर रुपमा संगीतलाई अंगाल्दै आएका गायक लिला शिवाकोटी गीतको संख्यामा भन्दा त्यसको गुणस्तरमा ख्याल गर्नु पर्ने विचार राख्छन्।

‘म त मान्छे सिधा साधा’मा अनु शाह र गायक स्वयम अभिनय गरेका छन्। युवराज वाईबाको निर्देशनमा तयार पारीएको यस म्युजिक भिडियोलाई उत्सव दाहालको छायांकन तथा निषान घिमिरेले सम्पादन गरेका हुन्।

Tags: Anu Shah ] Nishan Ghimire Tulasi Siwakoti Yubaraj Waiba