· ArtistNepal Network · ArtistNepal News
राष्ट्रिय नृत्य महोत्सव २०७४ भव्यताका साथ सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डप प्रदशर्नीमार्गमा श्रावण २६ गते नृत्य निर्देशक संघ नेपालको प्रथम बार्षिक उत्सवको उपलक्ष्यमा आयोजित “राष्ट्रिय नृत्य महोत्सव २०७४” काठमाडौं,भक्तपुर तथा ललितपुरमा आयोजना गरिएको छुट्टा छुट्टै नृत्य प्रतियोगिताका प्रथम ,द्वितीय ,तृतीय र सानत्वना बिजेता टोलीहरूको नृत्य प्रस्तुत गरी पुरस्कार समेत प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष भुबनदास श्रेष्ठले बिदेशी संस्कृति र नृत्यको अतिक्रमणबाट जोगाउन नेपाली लोक नृत्य संरक्षणको लागि नृत्य दिवसको घोषणा गर्नुपर्ने उपस्थित माननीय संसाद शेर बहादुर तामाङ,माननीय बिनोद श्रेष्ठ र माननीय रूपा महर्जन समक्ष माग राख्नुभएको कार्यक्रमका संयोजक रवि राना मगरले बताउनुभयो । Nepal Dance Director Assicoation महोत्सबको उदघाटन सांस्कृतिक संस्थानका महाप्रबंधक राजेश थापाले गर्नुभएको थियो । बिभिन्न प्रदेशका झांकी र नृत्य र्यालीहरुले भृकुटीमण्डप ,भद्रकाली ,रत्नपार्क ,बसपार्क हुन्दै भृकुटी मण्डपमा बिर्सजन पछी कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रमको उदघाटन सिन्धुपालचौक क्षेत्र नं ३ का सांसद माननीय शेर बहादुर तामाङ ज्यूले गर्नुभएको थियो । कार्यक्रममा माननीय बिनोद श्रेष्ठ ,माननीय रूपा महर्जनले नृत्य क्षेत्र बिकासका लागी संसदमा कुरा उठाउने प्रतिबद्धता जाहेर गर्नु भयो भने माननीय शेरबहादुर तामाङले नृत्य निर्देशक संघको बिकासका लागी रू.५,००,००० सहयोग जुटाई दिने घोषणा गर्नुभयो । कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबंधक श्री राजेश थापालाई कला र संस्कृति क्षेत्रमा अतुलनीय सेवा र सहगोग गर्नुभयकोमा संघद्वारा अभिनन्दन गरिएको थियो । बार्षिक रुपमा १ जना उत्कृष्ट नृत्य निर्देशकलाई “पृथ्वी ब्रस बेटी उत्कृष्ट नृत्य निर्देशक पुरस्कार” का लागी सह प्राध्यापक तथा नृत्य गुरुमा बेटी बज्राचार्यज्यूबाट रू.१,०१,१०१/- अक्षयकोष स्थापनाको लागि चेक संघका अध्यक्ष भुवन श्रेष्ठलाई हस्तांतरण गर्नुभयो। IMG_8738 लगभग १५०० जना कलाकारहरूको उपस्थिति रहेको महोत्सवमा संघका केन्द्रीय सदस्य ऋषिकेश श्रेष्ठबाट संचालन एवं उदघोषण भएको सोही कार्यक्रममा नृत्य निर्देशक दक्षिणा लामाको अध्यक्षतामा ९ सदस्यिय नृत्य निर्देशक संघ क्षेत्र नं ३ को कार्यसमिति कमिटी पनि गठन गरियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका माननीय सुचना तथा सञ्चार मंत्री मोहन बहादुर बस्नेत ज्यूले काठमाडौंको तामाङ लोक, भक्तपुरको नेवार लोक र ललितपुरको शास्त्रीय चर्या नृत्य प्रतियोगितामा प्रथम , द्वितीय तृतीय र सानत्वना बिजेता टोलीहरूलाई शिल्ड तथा प्रमाण-पत्र प्रदान गर्नु भएको थियो। कार्यक्रमको संचालन संस्थाका केन्द्रीय सदस्य ऋषिकेश श्रेष्ठले गर्नुभएको थियो भने सभापतित्व नृत्य गुरुबा भैरब बहादुर थापाकोआतिथ्यमा संपन्न भएको थियो ।