· ArtistNepal Network · ArtistNepal News · Filmy News
अभिनेत्री सुष्मिता बमजन केसीको प्रस्तुतिको फिल्म ‘म त तिम्रै हुँ’ साउन ७ मा रिलिज हुने भएको छ। मार्च ३० मा जन्मिएका अनमोल केसीको जन्मदिनको अवसर पारेर फिल्मको अल नेपाल रिलिज मिति तोकिएको हो। अनमोल भुवन र सुष्मिता पुत्र हुन्। श्रीराम महतले निर्देशन गरेको फिल्ममा अनमोल केसी निर्माताको रुपमा मात्र रहेका छन्। केसीका अलावा सुवास थापाले फिल्ममा लगानी गरेका छन्। फिल्मको कथा सुष्मिताले लेखेकी हुन्। Ma Ta Timrai Hoon anamok kc चलचित्रमा सुस्मिताको साथमा आकाश श्रेष्ठ, ज्योत्सना योगी, सुशिल काफ्ले, जीवन भट्टराई,  अनुपम श्रेष्ठ, सुसन खड्काको मुख्य भूमिका छ। चलचित्रले महिला संवेदना र युवा पुस्ताको कथालाई उठान गर्ने बताईएको छ। चलचित्रका गीतहरुमा भुपेन्द्र खड्का, दयाराम पाण्डे र हर्कुलस बस्नेतको शब्द छ। हर्कुलस बस्नेत को संगीत रहेको चलचित्रको हाल सम्पादन भई रहेको छ। सौरभ लामाले खिचेको चलचित्रमा हिमाल केसीले द्धन्द्ध निर्देशन, कविराज गहतराजले कोरियोग्राफी र रितु रानाले शृंगार गरेका छन्।
Tags: Anamol KC Susmita Bamjan Shreeram Mahat movie - ma ta timrai hoon