· ArtistNepal Network
· ArtistNepal News
· Event News
पछील्लो समय देशमा भईरहेको हत्या हिंशा र बलात्कारको बिरुद्दमा हुमेन ईम्पावरमेन्ट, भईस अफ हुमेन - जस्टिस फर निर्मला नामक पिसफुल थेममा फेशन शोको आयोजना भएकोछ।
कोरियोग्राफर हिमानी सुब्बा तथा कला सुब्बाको कोरियोग्राफीमा आयोजना गरिएको यस फेशनशोमा बिगत ६ बर्षदेखि अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको बिभिन्न सौन्दर्य प्रतिस्प्रधाका ३५ जना बिजेता तथा उपबिजेताहरु शोमा उत्रिएका थिए। यस फेशनशोमा मिसेस मंगोल, नर्सिङ्ग आईडल, मिस ब्युटी क़ुईन, मिसेस नेपाल आईडल, मिसेस ग्लोबल, ब्युटिसियन नेपाल लगायत प्याजेन्टका बिजेता तथा उप-बिजेताहरुको सहभागिता थियो।
बिगतमा भईइरहेका हत्या हिंशा तथा बलात्करको बिरुद्दमा चेतना फैलाउने उदेश्यले शो आयोजना गरिएको आयोजक सस्थाका निर्देशक कमल खतीवडाले बताए।
कन्चनपुरमा बलात्कार पछि हत्या गरिएकी निर्माला पन्तको घटनालाइ न्यायोचित सुनुवाईको संदेश सहितको अमेजन इन्टरटेन्मेन्टका बिजेताहरु सम्मिलित शोमा "जस्टिस फर निर्मला" ब्यानर लिएर बिजेताहरु आउदा दर्शक दिर्घाबाट उठेर तालि आएको थियो।