· ArtistNepal Network
· ArtistNepal News
· Fashion News
महिला शशक्तिकरणमा महिलाहरुको बुलन्द आवाजको साथमा शान्तिपूर्ण फेशनशोको आयोजना हुनेभएको छ। आगामी अशोज ३ गते रास्ट्रिय नाचघरमा देउसो ३ बजे पछि आयोजना हुने शो अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेकोहो।
बिगत ६ बर्षदेखि अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको बिभिन्न सौन्दर्य प्रतिस्प्रधाका ३५ जना बिजेता तथा उपबिजेताहरु शोमा उत्रदैछन्। यस फेशन शोमा मिसेस मंगोल, नर्सिङ्ग आईडल, मिस ब्युटी क़ुईन, मिसेस नेपाल आईडल, मिसेस ग्लोबल, ब्युटिसियन नेपाल लगायत प्याजेन्टका बिजेता तथा उप-बिजेताहरु छन्। बिगतमा भईइरहेका हत्या हिंशा तथा बलात्करको बिरुद्दमा चेतना फैलाउने उदेश्यले शोको आयोजना गरिएको हो।
कोरियोग्राफर हिमानी सुब्बा तथा कला सुब्बाको कोरियोग्राफीमा आयोजना हुने शो देशमा भईरहेका हत्या हिंशा र बलात्कारको बिरुद्दमा पिसफुल थेममा आयोजना हुनेछ।
Tags:
Himani Subba
Amazone Entertainment
Kala Subba