· ArtistNepal Network
· ArtistNepal News
· Music news
आर्टिस्ट नेपाल
गीतकार तथा गायकको छबि स्थापित गराउन प्रयासरत गायक सन्तोष दाहाल म्युजिक क्षेत्रमा कायापलट गर्ने हिसाबले आफ्नो दोश्रो प्रस्तुती एल्बम "कायापलट" लिएर दर्शक श्रोता माझ आएका छन ।
१४ बर्षको कलिलो उमेरमा आफ्नो पहिलो एल्बम "झगडा" लिएर २०५९ सालमा यस् साँगीतीक क्षेत्रमा प्रवेश गरेका गायक सन्तोष यसै क्षेत्रमा केही गर्नुपर्छ भन्ने उद्देस्यले आफ्नो बासस्थान सर्लाहीबाट काठमाडौं आएका हुन्। सुरुवाति दिनहरुमा सरस्वती कला केन्द्रबाट गुरु भिम चपागाईसँग संगीतको कखरा सिकेका उनले केही समय पश्चात भने भानुभक्त ढकाललाई आफ्नो स्थाई गुरु बनाई आफ्नो संगीतीक शिक्षालाई अगाडि बढाई रहेका छन । उनी एक कुशल बासुरी बादक पनि हुन् ।
हालै निस्किएको एल्बममा भने ५ वटा गीत समावेश गरीएको र नेपालमै पहिलो पटक मिडिया सम्बन्धी गीत निकालेको पनि उनको दाबी रहेको छ । उनले यस् एल्बलाई झन्डै झन्डै नेपाल अधिराज्यभरीका सबै मिडिया, एफ.एम को ढोका सम्म पुर्याउने काम पनि आँफै गरेका छन् । यस् एल्बमका सबै गीतहरुमा संगीत गुरु भानुभक्त ढकाल, बरिस्ठ संगीतकार शिला बहादुर मोक्तान र गायक आफ्नै रहेको छ । एल्बमका गीतलाई गोपाल रसाईली तथा शिला बहादुर मोक्तानले एरेन्ज गरेका छन । एल्बमका सबै गितलाई स्रोताले मन पराउनेमा आशाबादी रहेका छन ।
Tags:
Album Release
Santosh Dahal