· ArtistNepal Network · ArtistNepal News
आर्टिस्टसंसार । काठमाडौँ, ३ बैसाख वार्षिक परीक्षा पछि एक महिना फुर्सदमा रहने बालिकाहरुको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकासका लागि आयोजना भएको ‘अक्षरा जुनियर स्कुल प्रिन्सेस’ प्रतियोगितामा सहभागी ११५ जना प्रतियोगीहरु हिजो सनिवार अक्षरा स्कुलको प्रेक्षालयमा आफ्नो आन्तरीक प्रतिभा प्रर्दशन गरेका छन । कार्यक्रममा मिस इकलेज २०१६ कि उपविजेता युनीता खत्रि नृत्य निर्देशक राजेन्द्र राई गायक तथा मोडल दिनेश थापा, नायिकाहरु उमा गिरी, सिवानी गीरी र, गणेश सापकोटा लगायत निर्णायक मण्डलमा रहनु भएको थियो । aksharaa juneer 01 आन्तरिक प्रतिभा प्रस्तुतमा नेपाली फिल्म ,लोकपप तथा अंग्रेजी गितहरुमा प्राय जसो प्रतियोगीहरुले नृत्य प्रस्तुत गरेका थिए भने अन्य प्रतियोगीहरुले अंग्रेजी तथा नेपाली गित गाएका थिए साथै गिति नाटक पेन्टीङ लगायतका विभिन्न कला प्रर्दशन गरेका थिए । अक्षरा जुनियर स्कुल प्रिन्सेस–२०१७ को चयन भने २०७४ साल ११ र १२ बैशाखमा प्रज्ञा भवन कमलादीमा भव्य समारोह माझ हुने छ । यो प्रतियोगितामा वितेजाले मोवाइलफोन, साईकल लगायतका विभिन्न उपहार प्राप्त गर्नेछन । aksharaa juneer 02