· ArtistNepal Network · ArtistNepal News · Music news
काठमाडौं । अहिले लोक गीतले बाटो बिराईरहेको बेला,लामो समयको प्रतिक्षा पछि नेपाली लोक संगीतका पारखीहरुले मौलिक पुर्वेली भाकाको स्वाद पाएका छन् । दशक अघि पुर्वेली कान्छो, सुपारी जाईको माला लगायतका भाकाहरुमा गायक अभय ढुंगेलसँगै चर्चा बटुलेका राजु ढुंगेलले चर्चित पुरना गायक नबिन ढुङेलसँग 'अकबरी सुन' मार्फत टिपिकल पुर्वेली भाकाको मौलिक स्वाद आफ्ना श्रोताहरु समक्षा पस्किएका हुन् । akabari sun , nabin dhungel raju dhungel avay dhungel, yam gurung, 8 प्रस्तुत गीतमा अकबरी सुनलाई के लगाउनु र कसी भनेझै गायक राजु ढुङेल पनि अकबरी सुन झै प्रस्तुत भएका छन । चर्चित गायक नबिन ढुङेलको छत्रछाँयाबाट लोक गीत संगीतको कखरा सिकेका उनले अभय ढुङेलको साथले संगीतमा रम्ने साहस प्राप्त गरेका छन । गीतको हालै युट्युब तथा विभिन्न टेलिभिजन मार्फत समेत म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पछिल्लो समय विभिन्न सञ्चार माध्यमहरुमा समेत चर्चा बटुलेको गीतलाई माछी मारन, काँचो कटर, साली भेना जस्ता पुराना र लोकप्रिय गीत मार्फत चर्चा बटुलेका बरिष्ठ गायक नवीन ढुंगेलको साथले अझ सुन मा सुगन्ध थपिएको छ । akabari sun , nabin dhungel raju dhungel avay dhungel, yam gurung, 7 लोक संगीत बजारमा पुर्वेली कान्छो, सुपारी जाईको माला जस्ता हिट एल्बम र मन पर्ने एउटा साली छ जस्ता उत्कृष्ट लय संकलन दिएका अभयले अकबरी सुन मा पनि आफ्नो शब्द र लय संकलनदिएका छन । मौलिकता हराउदै गएको लोक संगीतमा यसले लोक पारखीको मनमा बस्ने विश्वाश लिएका छन । akabari sun , nabin dhungel raju dhungel avay dhungel, yam gurung, 3 नेपाली मौलिक गीतहरु विस्तारै हराउँदै गएको अवस्थामा नेपालको पुर्वका विभिन्न पहाडी क्षेत्रबाट शब्द संकलन गरिएकोले गीतले फरक र मौलिक नेपाली स्वाद खोज्ने संगीत पारखीहरुको निम्ती गीतले विशेष महत्व राख्ने नृत्य निर्देशक याम गुरुङले बताए । गीतको संगीत संयोजन बरिष्ठ संगीतकार शिला बहादुर मोक्तानले गरेका हुन् । पछिल्लो समय हराउँदै गएको पुर्वेली भाकालाई यो गीतले पुनर्ताजकी दिएको छ । गीतलाई आर्टिष्ट नेपालले बजारमा ल्याएको हो ।

भिडियो पनि हेर्नुहोस् 


सुटिङको फोटो हेर्नुहोस्


 
Tags: Avay Dhungel Nabin Dhungel Raju Dhungel