· ArtistNepal Network
· ArtistNepal News
· Filmy News
चलचित्र अझै पनिको प्रिमियर गरिएको छ । बाक्लै कलाकर्मी तथा संचारकर्मीको उपस्थितीमा चलचित्रको प्रिमियर गरिएको हो । फागुन १५ अर्थात शुक्रबारबाट चल्ने यस् चलचित्र रोमान्टिक कमेडी बेसमा निर्माण गरिएको छ ।
सुदर्शन थापा प्रोडक्सन तथा पूनम इन्टरटेनमेन्टद्वारा निर्मित फिल्ममा सुदर्शन थापा, पूजा शर्मा, सुरक्षा पन्त, विजय लामा, प्रमिला खनाल, विपना धिमाल, विशाल ढुगांना, पुष्प खड्का, मिथिला शर्मा, रामशरण पाठक लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्मको प्रिमियर सो को बेला अझै पनि यूनिटले संगीतकार शम्भुजीत बासकोटालाई सम्मान गरेको थियो ।बासकोटालाई ट्रष्ट आलोक अन्तर्गतको पहिलो सम्मान प्रदान गरिएको हो । ट्रष्ट आलोक अझै पनि फिल्मकी निर्माता पुनम गौतम अन्तर्गत सञ्चालनमा ल्याईएको हो जसको संरक्षक स्वर्गीय निर्देशक आलोक नेम्वाङकी आमा रहेकी छिन् ।
Tags:
Alok Nembang