· ArtistNepal Network · artists · Model & Dancers
चितवन स्थाई बासी अभुमन्य श्रेष्ठ पछिल्लो समय काँचका पर्दामा देखिने सपना पूर्ण गर्न काठमाडौंमा आएका छन् । उनले केही गीतका म्युजिक भिडियोमा आफूलाई कुशल मोडलका रूपमा पनि उतारिसकेका छन् । पछिल्लो १ वर्षदेखि सक्रिय अभिमन्युले बिद्यालय तथा कलेजमा आयोजना हुने सास्कृतिक कार्यक्रममा नछुटाई प्रस्तुती दिनेगरेको बताए । ५ फिट ९ इन्च अग्ला अभिमन्यु ब्याच्लरमा अध्ययन गर्दैछन । काठमाडौं को एक मोडलिङ एजेन्सी मार्फत मोडलिङ ट्रेनिङ पनि लिएरा उनले म्युजिक भिडियो हुँदै चलचित्रसम्मको यात्रा गर्न चाहेको बताए । उनी केही फेशन शोमा पनि र्याम्प नापिसकेका छन ।  नृत्यमा पनि अब्बल अभिमन्यु भन्छन -‘अभिनय र नृत्य गर्न सक्छु, अफर आउँदा सबै किसिमका अभिनय निर्वाह गर्न आतुर छु ।’ मोडेल – अभुमन्य श्रेष्ठ स्टुडियो – आर्टिस्ट नेपाल स्टुडियोस एन्ड प्रोडक्सन फोटोग्राफर – कुबेर तामाङ्ग